
राष्ट्रिय मावीको ६९ औ वार्षिकोत्सव , शिक्षक देखि बिद्यार्थी सम्मलाई सम्मानै सम्मान
- मंसिर १४, २०८१ मा प्रकाशित

शिक्षालाई प्रविधिमैत्री बनाउछौ : मेयर पौडेल
इटहरी। सुनसरीको इटहरी १ आपगाछीस्थित राष्ट्रिय माध्यमिक बिद्यालयले बिहीबार ६९ औ बार्षिकोत्सव तथा अिभभावक दिवश सम्पन्न गरेको छ । बिद्यालयका अध्यक्ष कोविदजंग कार्किको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा बिभिन्न बिधाका छात्रावृती , अक्षयकोष लगायत अन्य समयमा सम्पन्न खेलकुद प्रतियोगीतामा उत्कृस्ट नतिजा ल्याउने बिद्यार्थीहरूलाइ नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बिद्यालयका उत्कृस्ट शिक्षक , कर्मचारी ,अभिभावक लगायत पूर्व विद्यार्थीहरूलाइ पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले मुलुकमा गणतन्त्र स्थापना पछि गाउ समाज शहर पनि प्रविधिमैत्री बनिसकेकोले अबको शिक्षालाइ प्रविधीसंग जोडेर अघि बढने प्रयत्न भइरहेको बताए । जुन आफ्नै कार्यकालमा बनाउने पनि प्रतिवद्धता जाहेर गरे ।
उनले आफुले उपमहानगरको प्रमुख दायित्व बोके देखि शिक्षा क्षेत्रलाइ सुधारका लागि डटेर लागिरहेको तर केहि समुहले खुट्टा तान्ने प्रविति देखाए पनि हिम्मत नहार्ने बताए ।चुनावको बेला जनतामाझ गरेको प्रतिवद्धता अनुसार आधारभुत आवश्यक्ताहरू , बिकाशका पूर्वाधारहरू , शिक्षा क्षेत्रमा देखिएका समस्याहरू निर्मुलीकरण गर्ने तर्फ स्थानीय सरकार तत्पर रहेको पनि बताए ।
छोटो समयमा बेग्लै पहिचान बनाइसकेको राष्ट्रिय मावीले इटहरी क्षेत्रका सामुदायीक बिद्यालयहरूको तुलनामा पनि स्थापित भइसकेको जसले उपमहानगरको पनि शिर उच्च राख्ने काम गरिरहेको उल्लेख गर्दै मेयर पौडेलले बिद्यालयको आगामी दिन उज्वल भविस्यको शुभकामना पनि दिए ।
कार्यक्रमका अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष कोविदजंग कार्कीले आर्थीक वर्ष २०८१ ।८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । भविस्यमा बिद्यालयलाइ कोशी प्रदेशकै नमुना बिद्यालय निर्माण देखि भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय भुमिका खेल्ने जस्ता योजनाहरू सुनाएका थिए ।
त्यस्तै बिद्यालयका प्रधानाध्यापक शरन कुमार बस्नेतले वर्ष भरी बिद्यालयले गरेको आय व्यव विवरण प्रस्तुत गरेका थिए ।प्रअ बस्नेतले पेस गरेकाे विवरण अनुसार यस वर्ष विद्यालयको कुल आम्दानी चार करोड ७२ लाख १८ हजार ८९८ रुपैयाँ र खर्च चार करोड ६६ लाख ४६ हजार ८६० रुपैयाँ रहेको छ। अघिल्लो वर्ष २०७९/८० मा पाँच करोड ६२ लाख ९५ हजार ६८६ रुपैयाँ आम्दानी र पाँच करोड ५७ लाख ७ हजार ५६८ रुपैयाँ खर्च भएको थियो। कार्यक्रममा बिद्यालयका छात्र छात्राहरूले बिभिन्न रमाइलो सांस्कृतीक कार्यक्रमहरू आयोजना गरेका थिए ।
कार्यक्रममा उपमहानगरकी उपप्रमुख संगीता कुमारी चौधरी , प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद कोशी प्रदेशका निर्देशक सञ्जय कुमार न्यौपाने , शिक्षा विकास तथा समनवय इकाइ सुनसरिका प्रमुख खगेन्द्र कुमार सुवेदी , इटहरी उपमहानगरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश कुमार शाह लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सुभकामना मन्तब्य राखेका थिए ।
७५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण
विद्यालयले अहिलेसम्म ७५ जना दाताहरूको सहयोगमा २० लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ। अघिल्लो वर्ष ६८औं वार्षिकोत्सवमा १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट ९८ हजार २७३ रुपैयाँको छात्रवृत्ति वितरण गरिएको थियो। प्रधानाध्यापक सरनकुमार बस्नेतका अनुसार यसपटक २९ जना थप दाताहरूको योगदानबाट अक्षयकोषको रकम उल्लेखनीय रूपमा वृद्धि भएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments