
राष्ट्रिय माविकाे ७६ औ बार्षिक उत्सव : मेयर पाैडेल भन्छन ‘जनताकाे मत खेर जान दिन्न’
- मंसिर १३, २०७९ मा प्रकाशित
इटहरी / उपमहानगभित्रका सामुदायीक विद्यालयहरुको स्तर उन्नतिको लागि सदैव सकारात्मक रहेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताएका छन् । इटहरी १ आपगाछीस्थित सामुदायीक विद्यालय राष्ट्रिय माविको ६७ औ बार्षिक उत्सवको कार्यक्रममा बोल्दै मेयर पौडेलले यस्तो बताएका हुन् ।
इटहरी उपमहानगरपालीकाले सामुदायिक विद्यालयको समस्या हल गर्दै योजना नीति तथा कार्यक्रम बनाउने कार्य अघि बढाएको र सामुदायिक बिद्यालयको सेवा सुविधा तथा गुणस्तर वृद्दि गर्नका निम्ति बजेट विनियोजन गरीएको बताए । कार्यक्रमको विशिष्ट अथिती समेत रहेका मेयर पौडेलले आफ्नो कार्यकालमा सामुदायिक विद्यालयको क्षेत्रमा परीवर्तन देखिने गरिका कार्यक्रमहरु ल्याउने बताए ।
उनले इटहरीको मेयरमा आफुलाई चुनेकोमा शिर निहुरीने काम स्थिती आउन नदिने प्रतिवद्धता पनि जनाए । एसियाली विकास बैकले इटहरीको वाढी नियन्त्रणको लागि साढे ५ अर्ब लगानी गर्ने र इटहरीमा आधुनिक अस्पतालको सुरुवात भईसकेको समेत मेयर पौडेलले बताएका छन् ।
इटहरीले बर्षौ देखि पूरा गर्न नसकेको आधारभुत कुराहरु आफ्नो नेतृत्वमा इटहरीले पूरा गर्ने बताएका छन् ।इटहरी सरकार शिक्षा र स्वास्थ्य जस्तो बिषयमा संवेदनशिल भएर नीति तथा कार्यक्रममा निर्माण गर्ने समेत बताए । काम गरेर देखाउने समय आएको र नेतृत्व दास्रो पुस्तामा हस्तान्तरण भएको समेत मेयर पौडेलले बताएका छन् ।
कार्यक्रममा इटहरी १ का वडा अध्यक्ष रतन कार्की, इटहरी उपमहानगरपालीका खेलकुद तथा शिक्षा महाशाखा प्रमुख सूर्य प्रसाद सुवेदी लगायत विभिन्न ब्यक्तिहरुले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा उक्त विद्यालयको पुर्व विद्यार्थीहरु , अक्षय कोष स्थापना गर्ने विभिन्न ब्यक्तिहरुलाई तथा शिक्षक तथा अविभावकहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।
राष्ट्रिय मावीको ७६ औ बार्षिक उत्सवको अवसरमा विभिन्न सास्कृतिक कार्यक्रमहरु समेत गरीएको थियाे।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments