
रामधुनी ९ मा एकीकृत समाजवादीका वडा अध्यक्ष घनश्यामको दाबेदारी
- बैशाख २५, २०७९ मा प्रकाशित
इटहरीः नेकपा एमालेको गढ मानिएको रामधुनी नगरपालिका वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट घनश्याम चौधरीले गतिलो दावेदारी प्रस्तुत गरेका छन् ।
२०७४ सालको स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएर पाँच बर्षे वडा अध्यक्षको कार्यकाल सम्हाली सकेका घनश्यामले यसपाला भने नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेद्वारी दिएका हुन् ।
एक कार्यकाल वडा अध्यक्ष भइसकेको व्यक्ति तपाईको पुनः उम्मेद्वारी किन भन्ने प्रश्नमा घनश्याम जनताको सपना पुरा गर्न आफुले पुनः वडा अध्यक्षमा उम्मेद्वारी दिएको बताउँछन् । आफुले पाँच बर्ष गरेको कामबाट प्रभावित भएर नै जनता स्वतह स्फुर्त रुपमा आफ्नो पक्षमा रहेको चौधरीको दावी छ ।
इमानदारीता पुर्वक पाँच बर्षे कार्यकाल विताएको र भ्रष्ट्राचारमा शुन्य सहनसिलता देखाएको भएर पनि जनताले आफुलाई चाहिरहेको उनले प्रदेश पोर्टलसँग बताए । प्रदेश सरकार तथा केन्द्रिय सरकारसँग बजेटको पहल गरेर भएपनि विकास निर्माण र पुर्वाधारका कामहरु आफुले गरेको बताउने चौधरी पुन वडा अध्यक्षमा जित हासिल गर्न पाए रामधुनी ९ का जनताका बाँकी रहेका सपना साकार बनाउने आफ्नो उदेश्य रहेको बताउँछन् । जनविश्वास र जनाधार नै आफ्नो जित्ने आधार रहेको चौधरीले प्रदेश पोर्टललाई बताए ।
नेकपा एमालेबाट टिकटको आकांक्षी रहेका चौधरी यताबाट टिकट नपाउने पक्का भएपछि नेकपा एसतिर प्रवेश गरेको बताइन्छ तथापी उनको पक्षमा जनलहर राम्रो भएको त्यहाँको माहौल नियालिरहेकाहरुको भनाई छ ।
शनिवार भएको नेकपा एसको चुनावी सभामा रामधुनी ९ कलममय बनेको थियो । हजार भन्दा बढिको संख्यामा भेला भएका जनताले घनश्याम र कलमको पक्षमा दिनभर नाराबाजी गर्यो ।
अघिल्लो कार्यकालमा लोकप्रियता कमाएकै कारण त्यहाँको जनलहर घनश्यामलाई नै वडाअध्यक्षको रुपमा ल्याउने पक्षमा रहेको बुझिएको छ । घनश्यामले खुल्ला सदस्यमा दिप बहादुर कार्की ,भिमा थापा घिमिरे, महिला सदस्यमा लाल कुमारी चौधरी र दलित महिला सदस्यमा सरिता सदा सहितको प्यानल वडा नम्बर ९ को चुनावी मैदानमा उत्रिएको छ ।
चौधरीसँगको प्रतिस्पर्धामा रामधुनी ९ मा ८ पार्टीबाट ८ जना नै प्रतिस्पर्धामा उत्रिएका छन् । वडा नम्बर ९ मा विशेषत नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी विच तिव्र प्रतिस्पर्धा हुने देखिन्छ । तथापि नेकपा माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल लोकतान्त्रिक पार्टीले समेत उम्मेद्वारी दिएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments