
रामधुनी २ मा नेकपा एमालेका रामनारायण चौधरीको प्यानल विजयी
- जेष्ठ २, २०७९ मा प्रकाशित
इटहरीः रामधुनी नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार राम नारायण चौधरीको प्यानलै विजयी भएको छ ।रामनारायणले १ हजार ६१९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेश कुमार शाहले १ हजार १९ मत पाएका छन् ।
यसैगरी नेकपा माओवादीका वडा अध्यक्ष उम्मेद्वारले १३७ मत पाएका छन् भने नेकपा एसका वडा अध्यक्ष उम्मेदवारले ४ र राप्रपाका उम्मेदवारले ११ मत पाएका छन् ।
यता महिला सदस्यमा विजयी नेकपा एमालेकी उम्मेदवारले १ हजार ७३९ मत पाउँदा नेपाली कांग्रेसकी उम्मेदवारले ७५४ मत , दलित महिला सदस्यमा एमालेकी उम्मेदवारले १ हजार ७ सय ३३ मत पाउँदा नोपली कांग्रेसका उम्मेदवारले ७२३ र नेकपा माओवादी केन्द्रकी उम्मेदवारले १३० मत प्राप्त गरेका छन् ।
यसैगरी खुल्ला सदस्यमा पनि एमालेले भारी मतान्तरले जीत निकालेको छ । दुवै खुल्ला सदस्यमा एमालेका उम्मेदवारले १हजार ६१० र १ हजार ५ सय ८१ मत ल्याएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ७५५ र ९२५ मत ल्याएका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments