
रामधुनीका भूमिहीनका लागि प्याब्सनद्वारा आवास निर्माण
- चैत्र ८, २०७८ मा प्रकाशित
रामधुनीः विपन्न सुकुम्बासी परिवारका लागि सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ८ स्थित बाँधडाँडामा ‘प्याब्सन बस्ति’ निर्माण गरिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) केन्द्रीय समितिको सहयोगमा करिब १ करोड ५० लाख लागतमा बस्ति निर्माण गरिएको प्याब्सन सुनसरीका सह–सचिव गोपाल निरौलाले जानकारी दिए ।
नगरपालिकाले उपलब्ध गराएको करिब १ विघाहा क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गामा २५ ओटा घर निर्माण भएका छन् । एउटा किचन र २ ओटा बेडरुमसहितका ३ कोठे घर निर्माण गरिएका छन् । घरको माथि जस्तापाता हालिएको छ । जस्तापातामूनि जिप्सनको सिलिङ् हाल्ने काम भइरहेको छ । घरहरुमा रंग–रोगन गरिएको छ । बगैँचा निर्माण गरिएको छ । कलधार निर्माण गरिएको छ । ब्यबस्थित सौचालय बनाइएको छ ।
ती घरहरु भूमिहीन विपन्न सुकुम्बासी परिवारलाई हस्तान्तरण गर्न लागिएको निरौला बताउँछन् ।बस्तिमा बिषेश गरि उराब समुदायलाई प्राथममिकतासाथ राख्ने र पर्यटन प्रबर्धनका लागि त्यहि समुदायको होमस्टे संचालन गर्ने योजनामा प्याब्सन रहेको उनको भनाई छ ।
बस्तिसम्म पुग्ने बाटो निमार्ण, खानेपानी, विजुली लगायतको व्यवस्था रामधुनी वडा नम्बर ८ गरेको थियो । स्थानीय सरकार र वडा कार्यालयसमेतको सहयोगमा बस्ति निर्माण सम्भव भएको प्याब्सनको भनाई छ । प्याब्सनले उक्त बस्ति यहि फागुन ३० गते एक कार्यक्रमका बीच हस्तान्तरण गर्ने योजना बनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments