
राप्रपाबाट अलग भएपछि कमल थापा निस्किए प्रदेश १ को भ्रमणमा
- माघ २८, २०७८ मा प्रकाशित
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएपछि नेता कमल थापा प्रदेश १ को भ्रमणमा निस्केका छन् । नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका उनले शुक्रबार मोरङ, सुनसरी र झापाका हिन्दुवादी अगुवाहरूसँग भेटघाट गर्ने भएका छन् । सो क्रममा उनीहरूबाट थापाले राय सुझाव लिने उनीनिकट नेता राजाराम बर्तौलाले जानाकारी दिए ।
प्रदेश १ पछि थापाले अन्य प्रदेशको भ्रमण गर्नेछन् । राप्रपाका नेता कार्यकर्तासँगै सेवा निवृत्त सुरक्षाकर्मीदेखि राष्ट्रसेवकहरूलाई दर्ता गर्न लागेको पार्टीमा समाहित गर्ने उनको चाहना छ ।
महाराजगन्जको एउटा होटलमा बिहीबार थापा समर्थित नेताहरू सम्मिलित बैठकले उनलाई नै पार्टी दर्ता प्रक्रियाको काम गर्ने जिम्मेवारी दिएको छ । जिम्मेवारी पाए लगत्तै थापा राय सुझावका लागि भन्दै प्रदेशस्तरमा समर्थितहरूसँगको भेटघाटमा निस्केका हुन् ।
मंगलबार थापाले राप्रपाबाट अगल भएको घोषणा गरेका थिए । उनको टकराव पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनभन्दा पनि पूर्वराजा ज्ञानेन्द्रसँग थियो ।
पूर्वराजाले हालै सम्पन्न पार्टी महाधिवेशनमा ठाडो हस्तक्षेप गर्दा पराजित हुनुपरेको थापाको गम्भीर आरोप छ । यससँगै संवैधानिक राजसंस्थाको एजेण्डाबाट थापा पछाडि हटेका छन् । तर, पूर्ववत् हिन्दुत्वको एजेण्डालाई भने अंगिकार गर्ने भएका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments