
राजावादी प्रदर्शन : रवीन्द्र मिश्र, धवलशमशेर , स्वागत नेपाल सहित ५१ जना पक्राउ
- चैत्र १५, २०८१ मा प्रकाशित

इटहरी । संघीय राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शनमा संलग्नलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । रवीन्द्र मिश्र, धवलशमशेर राणासहितका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदर्शनमा संलग्न नेताहरु पक्राउ परेका हुन् ।
राजावादी अभियानमा संलग्न स्वागत नेपाल पक्राउ परेका छन् । उनलाई बागबजारस्थित आफ्नै ल फर्मबाट सादा पोशाकका प्रहरीले बेलुकी सवा नौ बजे पक्राउ गरेर लगेको पत्नी लोचना शर्माले जानकारी दिइन् । नेपाल हालै गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् । आन्दोलन अराजक भएको आरोपमा मुख्य नेताहरूलाई पक्राउ गरिएको छ । लोचनका अनुसार ल फर्ममा रहेको आफ्नै कार्यकक्षबाट स्वागतलाई प्रहरीले उठाएर टेकु पुर्याएको छ।
शुक्रबार राति अबेरसम्म पक्राउ पर्ने संख्या ५१ पुगेको काठमाडौं प्रहरीका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन् । शुक्रबारको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताएका छन् । काठमाडौं प्रहरीले यस प्रकारका ‘अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक’ गतिविधिमा संलग्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याई कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments