
रवि लामिछानेको सांसद पद निलम्बन नगर्न रास्वपाको आग्रह
- पुष ८, २०८१ मा प्रकाशित

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् । आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि प्रहरीले लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सभामुखलाई पत्र लेखेको थियो ।
पत्रपछि सभामुखले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरिरहेका बेला रास्वपाका नेताहरू सिंहदरबार पुगेका हुन् । रास्वपा प्रमुख सचेतक सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभामुखलाई भेटेर निलम्बन नगर्न माग गरेका हुन् । २०७९ मा पहिलो पटक निर्वाचित भएपछि नागरिकता प्रकरणमा उनको सांसद पद गएको थियो ।
नागरिकता प्राप्तिपछि उपनिर्वाचनमा रवि पुनः चितवन २ बाटै विजयी भएका थिए । तर लामिछानेले फेरि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दा खेपेका हुन् । कास्की जिल्ला अदालतमा आइतबार सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि सभापति लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो । मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनको सांसद पद निलम्बनको माग कास्की जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा पनि गरिएको छ ।
‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम निज प्रतिवादी रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन जिल्ला क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ निर्वाचित संघीय संसद (प्रतिनिधिसभा सदस्य) रहेकोमा ऐनको दफा (२२) बमोजिम मुद्दा दायर भएपश्चात सो मुद्दा किनारा नभएसम्म निज स्वतः निलम्बन हुने कानूनी व्यवस्था रहेको ब्यहोरा समेत अनुरोध गरिएको छ,’ अभियोग पत्रमा उल्लेख छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments