
रविको दुई गोलमा पुलिस विजयी
- माघ २६, २०७८ मा प्रकाशित
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा च्यासल युुथ क्लबलाई नेपाल पुलिस क्लबले २–१ को पराजित गरेको छ । रवि पासवानको दुई गोलले पुलिस क्लब विजयी बनाएकाे हाे ।
पुलिसको जितमा रविले दुई गोल गर्दा च्यासलका मोसा अबागानाले सान्त्वना गोल गरे । रेलिगेसन जोनमा संघर्षरत च्यासलमाथि लगातार दबाब बनाएको पुलिसका लागि रविले पेनाल्टी बक्स बाहिरबाट सुन्दर गोल गरेका थिए । च्यासलका गोलकिपर अर्पण कार्की अगाडि बढेको अवस्थामा रविले ३७औँ मिनेटमा गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।
पुलिसविरुद्ध ५३औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै च्यासलका मोसा अबागानाले बराबरी गोल फर्काएका थिए । रुमेश बर्तौलालाई ५२औँ मिनेटमा पुलिसका कप्तान सुमन सुवेदीले पेनाल्टी एरियाभित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो ।
६५औँ मिनेटमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए । सुमन लामाले पेनाल्टी बक्समा दिएको ‘थ्रुु’ बलमा रविले च्यासलका कप्तान विराज महर्जनलाई बिट गर्दै सुन्दर गोल गरे । रविले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले बचाउन सकेनन् । ‘फिफा डे’का कारण बीचमा रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका यो साताबाट सुरु भएको हो । च्यासलका प्रशिक्षक अघिल्लो खेलमा मनाङबिरुद्ध पाएको रातो कार्डका कारण टच लाइनमा उभिन पाएनन् । यस्तै दुई खेल खेलेका कप्तान सन्तोष साहुखल समेत पुलिसबिरुद्ध उपस्थित भएनन् ।
च्यासलका १९ खेलाडीमा कोभिड-१९ संक्रमण देखिएपछि पूर्व निर्धारित समयमा हुन नसकेको खेल आज भएको हो । यसअघि दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
यो सँगै नवौँ चरणको खेल समाप्त भएको छ । दशौँ चरणको खेल शुक्रवारबाट सुरु हुनेछ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments