
रंगेलीमा स्कुल बसले किचेर विद्यार्थीको मृत्यु, स्थिती तनावग्रस्त
- असार १४, २०७९ मा प्रकाशित
इटहरी ।आफ्नै स्कुलको बसले किचेर विद्यार्थीको ज्यान गएपछि मोरङको रंगेली बजार मंगलबार तनावग्रस्त बनेको छ । रंगेली नगरपालिका-७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले किच्दा एलकेजीमा पढने ५ वर्षीय बालक ऋतिक मण्डलको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बसले एलकेजीमा पढने पाँच वर्षीय ऋतिक र सनमकुमारी मण्डललाई किचेको थियो । सनम सख्त घाइते छिन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मृतक ऋतिक रंगेली-७ का महादेव मण्डलका छोरा र घाइते सनम रंगेली ६ नरेश मण्डलकी छोरी हुन् ।
विद्यालय छुट्टी भएपछि उक्त बसले विद्यार्थी लिन विद्यालय परिसरमा आउँदै गरेको अवस्थामा दुई बालबालिकालाई किचेको थियो । घटनापछि आक्रोशित स्थानीयले विद्यालयका दुई वटा बस तोडफोड गरेका छन् । साथै रंगेली-भद्रपुर हुलाकी मार्ग अवरुद्ध गर्दै सयौं स्थानीयले विद्यालय घेराउ गरेका छन् । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको बताए पनि नाम खुलाएको छैन ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments