
रंगेलीमा रिसकाे झाेकमा श्रीमानले घरमा आगो लगाउदा भित्रै थुनिएकि श्रीमतीकाे जलेर मृत्यु : हत्या आशंकामा श्रीमानलाइ पक्राउ गरि अनुशन्धान
- असार १८, २०७९ मा प्रकाशित
इटहरी । मोरङको रङ्गेली नगरपालिका–१ बिर्ता बजारमा एक जना पुरुषले आफ्नै घरमा आगो लगाएर शुक्रबार राति पत्नीको हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । पत्नीलाई घरभित्र थुनेर आगो लगाउँदै हत्या गरेको आशङ्कामा २३ वर्षीय तिल्का मल्लिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिल्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घरमा शङ्कास्पद तरिकाले आगो लागेको पाइएपछि गम्भीर ढङ्गले अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेका तिल्काले पनि खाना खाने बेलामा राति पौने १० बजेतिर पत्नी ३० वर्षीया बबिता मण्डलसँग विवाद भएको बताएका छन् । पत्नीसँग विवाद हुनसाथ घरमा आगो लागेको प्रहरीलाई उनले बताएका हुन् ।
घटनास्थलदेखि केही परबाट तिल्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घरमा आगो लागेर अरु निभाउन व्यस्त भएका बेला उनी भने भागेर केही पर पुगेको पाइएको छ । ‘आगोले घर सखाप बनाउँदै गर्दा तिल्का भने घटनस्थलबाट केही पर पुगेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘शङ्कास्पद गतिविधि देखाउन थालेपछि नियन्त्रणमा लिएर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको छ ।’
आगोले जलेर गम्भीर घाइते भएकी तिल्काकी पत्नी बबिताको उपचारका क्रममा आज (शनिबार) बिहान ६ बजेतिर विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार आगोले जल्दै गरेको र बोल्न पनि नसक्ने अवस्थामा राति नै उद्धार गरेर बबितालाई उपचारका लागि विराटनगर ल्याइएको थियो ।
बबिताको शरीरका अधिकांश भाग आगोले जलेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ । तिल्काले पत्नीसँग विवाद भएको भने पनि प्रहरीले उनीहरुबीचको विवादको जड पत्ता लगाइसकेको छैन । डिएसपी श्रेष्ठले घरमा आगो आफै लागेको हो कि लगाइएको हो भन्ने बारेमा पनि खुल्न बाँकी रहेको जानकारी दिए ।
अहिले तिल्काकी पत्नी रहेकी बबिता पहिले उनकी भाउजू थिइन् । बबितासँग उनका दाजु जगदीश मल्लिकको बिहे भएको थियो । तर ७ वर्षअघि जगदीशको मृत्यु भयो । दाजुको मृत्यु भएपछि पत्नी स्वीकार गर्दै ५ वर्षअघि उनले भाउजू बबितासँग बिहे गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तिल्का र बबिताका सन्तान भएका थिएनन् । दुवै जनाले बाहिरफेरो सरसफाईको काम गर्दै आएको र घरमा पनि उनीहरु मात्रै बस्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिल्काका दाजुतर्फ पनि बबिताको सन्तान नभएको पाइएको छ ।
तिल्काको घरमा अचानक आगलागी भएको भन्ने जानकारी राति १० बजेतिर प्रहरीले पाएको हो । आगोले टिनको छानो भएको र बाँसको टाटीले सेन्ट्रीबेरा गरेको घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत सबै सामान जलेर ध्वस्तको प्रहरीले जनाएको छ । घटनामा दुई लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगो भने स्थानीयको सहयोगमा एक घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments