
रंगमञ्चमा जमेका दिव्य देवलाई ‘चिसो एस्ट्रे’ बाट स्थापित हुने आश
- फाल्गुन २६, २०७८ मा प्रकाशित
काठमाडौं: नेपाली फिल्ममा ‘आवरण’ बाट उदाएका दिव्य देव थियटरको परिचित नाम बनिसकेका छन् । डेब्यु फिल्ममै असफलता भोग्नुपरेको दिव्यको अभिनय क्षमताले थियटरमा न्याय पायो । थियटरमा देखाएको अभिनय कौशलताले नै उनलाई अफरको ताँती लागेको छ । यद्यपि उनले फिल्म भने निकै कम गरेका छन् ।
आउँदो ४ चैतमा उनी अभिनित फिल्म ‘चिसो एस्ट्रे’ प्रदर्शनमा आउँदैछ । गाउँबाट सहरमा आउने मानिसका सपना एस्ट्रेको चुरोटझैँ निभ्दै जाने विषयलाई फिल्ममा प्रस्तुत गरिएको छ । भूपि शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एस्ट्रे रूपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए । निर्देशक दिन्स पाल्पालीले भूपिको यही भावमा रहेर फिल्म तयार गरेको बताएका छन् ।
२०७१ सालमै स्क्रिप्टलाई फिल्ममा उतार्ने तय भएको थियो । तर, सात वर्षपछि बल्ल प्रदर्शनमा आउँदैछ । यही फिल्ममा जोडिएपछि दिव्यले ‘रुदाने’ को अफरसमेत पाए । ‘मैले यो फिल्म पाएपछि आफूमा परिपक्वता पाएँ । त्यसपछि छानेको फिल्म र थियटरमा मञ्चन हुने नाटकले पनि मेरो करियरलाई उचाइ दिन मद्दत् गरेको छ,’ दिव्यले भने ।
त्यसो त ‘चिसो एस्ट्रे’ मा ‘इन’ हुन उनलाई सहज थिएन । उनले अडिसन त दिए, निर्देशक पाल्पालीको विश्वास जित्न निकै कठिन भयो । ‘म त्यो समयमा अहिलेभन्दा पनि निकै पातलो थिए । त्यसैले गर्दा मैले पाएको क्यारेक्टरलाई न्याय गर्छु कि गर्दिनँ भन्नेमा निर्देशक आशंकित देखिनुभयो,’ उनी सम्झन्छन्, ‘निर्णय लिन समय लाग्यो । यद्यपि मेरो नाटक ह्याम्लेट हेरेकै कारण निर्माता भने विश्वस्त थिए ।’
उनले त्यही प्रोसेसले गर्दा फिल्मको ‘कास्टिङ’ निकै बलियो बनेको बताए । ‘मैले मेरो साथी सर्कलमा फिल्मको कास्टिङको तारिफ सुनेको छु । यो फिल्म के कसो होला, तर हाम्रो फिल्म क्षेत्रले एउटा प्रतिभावान निर्देशक पाएको छ,’ दिव्य भन्छन्, ‘हामीले स्वरांकन नै दुईपटक गरेका छौँ । र, जुन जोशका साथ फिल्म सुरु भएको थियो अहिलेसम्म पनि त्यही ऊर्जा हामीमा छ ।’
फिल्ममा दिव्यसँगै सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए ।
दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सहनिर्मातामा भने रूपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments