
यौन दुर्व्यवहारका आरोपी घलेलाई थप ५ दिन हिरासतमा राखिने
- श्रावण २२, २०८० मा प्रकाशित

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सोनाम घ्याम्चे घले (लामा धुन्डुप) थप ५ दिन हिरासतमा रहने भएका छन् ।नेपाल प्रहरीको स्वयम्भु वृत्तले उनलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको वृत्तका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । अनधिकृत रुपमा बालगृह सञ्चालन गरेर बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घलेलाई १० साउनमा पक्राउ गरेको थियो ।
प्रहरी निरीक्षक रायमाझीका अनुसार एक जना बालिकाले जबरजस्ती करणी र ४ जनाले बाल यौनदुरुपयोगको आरोपमा उजुरी दिएका छन् ।यस प्रकरणमा थप जाहेरी आउन सक्ने देखेर प्रहरीले घलेमाथिको अनुसन्धान जारी राखेको हो ।
उद्दार गरेकाहरुको व्यवस्थापन
बालगृहमा यौन दुव्र्यवहारमा परेको र अन्य गरी उद्दार गरेका ५७ बालिका तथा बालगृहमा बस्ने ४५ बालकहरुको व्यवस्थापन भएको छ । बालबालिकाको लागि राष्ट्रिय अभियानका संयोजक प्रविन सिलवालका अनुसार उद्दार गरेका सबै बालबालिकाहरु व्यवस्थापन भएको हो । ‘५७ बालिकाहरुको सिविनको सेफ हाउसबाट महानगरभित्र रहेका विभिन्न सेफ हाउसमा राखिएको छ, तत्काल उनीहरुलाई बालमैत्री वातावरणमा शिक्षा दिक्षाको लागि महानगरसँग समन्वय गरेर व्यवस्थापन गरिएको छ’, सिलवालले भने ।
स्नो मञ्जुश्री आश्रममा रहेका ४५ जना बालकहरुमध्ये ४४ जना बालकहरुलाई परिवारिक पुनर्स्थापना गरिएको छ । ‘एक जना बालक भने अभिभावकविहीन अवस्थाका रहेछन्, उनलाई तत्कालको लागि अस्थायी संरक्षणकर्तासँग राखिएको छ’, उनले भने ।
घलेले बालबालिकालाई शिक्षादीक्षा दिन भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीका नाममा स्नो मञ्जुश्री नामक संस्था दर्ता गरेका थिए । उनले ४ पुस २०७० मा कम्पनी दर्ता गरेका थिए ।
गरिब, असहाय र अभिभावकविहीन बालबालिकालाई पालनपोषण र शिक्षादीक्षा दिलाउने भनेर काठमाडौंको स्वयम्भूमा ‘स्नो मञ्जुश्री स्कुल’ नामक बालगृह चलाउने भने पनि उनले त्यसो नगरी स्वयम्भूस्थित आनन्दकुटी विद्यालयसँगको सहकार्यमा बालगृह सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments