
यो बर्षको साउन महिनामा अति दुर्लभ : मनोकांक्षा पूरा गर्न यसरी गर्नुहोस् भगवान शिवको पूजा
- असार ३२, २०७९ मा प्रकाशित
आइतबारदेखि याे वर्षकाे पवित्र महिना साउन सुरु हुँदैछ ।धार्मिक विश्वास अनुसार यस महिनाको विशेष महत्व रहेकोले यसलाई भगवान शिवको महिना भनिन्छ ।यस महिनामा भगवान शिवको विशेष पूजा गरिन्छ र देवताका देवता महादेवलाई प्रसन्न पार्न धेरै उपाय पनि गरिन्छ । साउनमा शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने छ ।
साउन महिनामा भगवान शिवको पूजा–आराधना गर्दा मनोकांक्षा प्राप्त हुने जनविश्वास रहेको छ । हिन्दु धर्ममा साउन महिनालाई विशेष महत्व दिइएको छ ।साउनको प्रत्येक सोमबार भगवान शिवको पूजा गर्नाले तपाईको हरेक मनोकामना पूरा हुन्छ । यस वर्ष साउन महिना आइतबारदेखि सुरु भएको छ । यो ३१ गतेसम्म् रहनेछ । श्रावण महिनामा आउने प्रत्येक सोमबार र मंगलबारको विशेष महत्व मानिन्छ ।
सोमबार भगवान शिवको पूजा–आराधनाका लागि विशेष मानिए पनि घरको सुख–समृद्धिका लागि मंगलबारको दिन मङ्गलागौरी व्रत मनाइन्छ ।यस व्रतमा माता पार्वतीको पूजा गरिन्छ । यो पटक पाँच सोमबार परेको छ । यति मात्र हैन मंगलबारपनि पाँच वटा नै बनेको छ । सोमबार र मंगलबार नै पाँच वटा पर्नु यो अत्यन्तै दुर्लभ संयोग हो । भगवान शिव र माता पार्वतीका लागि यो बर्षको साउन अति नै फलदायी छ ।
साउन महिनामा यसरी गर्नुहोस् भगवान शिवको पूजा
पण्डित शिप्रा सचदेवका अनुसार यसपटक साउनमा शनि आफ्नो राशिमा मकर राशिमा प्रतिगामी स्थितिमा रहनेछन् ।यसका साथै बृहस्पति ग्रह पनि आफ्नो राशि मीन राशिमा रहनेछ, जुन आगामी समयमा यस राशिमा प्रतिगामी हुनेछ। साउनमा यी दुई ग्रहको आ–आफ्नो राशिमा प्रतिगामी हुनु विशेष योग हो ।
यस महिनाको कुनै मनोकामनामा भोले बाबाको आशीर्वाद लिनुभयो भने सबै मनोकामना पूरा हुनेछन्। यो महिना रुद्राभिषेक गर्नुपर्छ । रुद्राभिषेक गर्नाले जन्म–जन्मका पापबाट मुक्ति मिल्छ र बाबाको आशीर्वाद मिल्छ।
साउन महिनामा हरेक दिन बिहान सबेरै उठेर नुहाएर सफा लुगा लगाउनुपर्छ। यसपछि मन्दिरमा भगवान शिवको अगाडि घ्यूको दियो बाल्नुहोस्। सबै देवताहरूलाई जलाभिषेक गर्नुहोस्।शिवलिंगलाई दूध र गंगाजलले स्नान गर्नुहोस्। भगवान शिवलाई फलफूल र फूल चढाउनुहोस्। भगवान शिवलाई बेलको पात चढाउनुहोस् र उनको आरती गर्नुहोस्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments