
युुवामा आशा जगाउने र ‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता
- बैशाख १७, २०८२ मा प्रकाशित

इटहरी । सत्तारुढ दलले अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा राखेको सत्ता गठबन्धन दलको बैठकले अर्थतन्त्र अझै पनि शिथिल अवस्थामा रहेको र युवाहरु रोजगारीका लागि विदेश जाने क्रम अझै बढेकाले ‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले युवा पुस्तालाई आशा जगाउन उद्यमशीलता, सीप विकास, स्टार्ट अप, व्यावसायिक विकास र बजार विस्तारको एकीकृत योजनासहितको कार्यक्रम ल्याउन सुझाव दिइएको जानकारी दिए । ‘अनावश्यक संरचना र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्न पनि सुझाव दिइएको छ,’ उनले भने, ‘बसाइँसराइलाई व्यवस्थित गर्न पहाड केन्द्रित कृषि र पशु विकासका कार्यक्रम अघि बढाउने गरी ‘मेजर ब्रेक थ्रु’ गर्न त्यहीरुपमा बजेट ल्याउनुपर्ने धेरै नेताहरुको सुझाव छ ।’
सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी थिए ।
कांग्रेस महामन्त्री गगन थापा भने बैठकमा अनुपस्थित थिए । पछिल्लो समय गगन र ओलीबीचको सम्बन्ध चिसिएको छ । गगनले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर वैशाख पहिलो साता प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको अभिव्यक्ति दिएकामा ओलीले केही दिनअघि बिचौलियालाई पहुँच दिएको प्रमाणित गर्न चुनौती दिएका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments