
युवती बनेका यी अभिनेता
- माघ २०, २०७८ मा प्रकाशित
काठमाडौं: अभिनेता नवाजुद्दीन सिद्दीकी चाँडै नै कंगना रनावतको प्रोडक्सनमा बनेको फिल्म ‘टीकू वेड्स शेरु’मा देखिँदैछन् । यो फिल्ममा नवाजुद्दीन आइटम गर्लको रुपमा पनि प्रस्तुत हुँदैछन् । जसको एक झलक हालै कंगनाले सामाजिक सञ्जालमा राखेकी थिइन् ।
तस्वीरमा नवाजुद्दीनलाई श्रीदेवीको जस्तै लुक्समा देखाइएको थियो । यो लुक्सको प्रेरणा पनि श्रीदेवी नै हुन् । नवाजुद्दीनको लेडी लुक्स सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
त्यसो त नवाजुद्दीन भन्दा अघि पनि कैयौं अभिनेताले आफूलाई महिलाको चरित्रमा ढालिसकेका छन् ।
अक्षय कुमार (खिलाडी) : सन् १९९२ को फिल्म ‘खिलाडी’मा अक्षय कुमार युवतीको गेटअपमा देखिएका थिए । फ्लिक्सवाला हेयरस्टाइलमा अक्षय निकै सुन्दर देखिएका थिए । फिल्ममा उनीसँगै दीपक तिजोरी पनि युवती बनेका थिए ।
शाहरुख खान (डुब्लीकेट) : सन् १९९८ को फिल्म ‘डुब्लीकेट’मा दुई अलग–अलग व्यक्तिको भूमिका मात्र निभाएनन्, उनले फिल्ममा युवतीको लुक्सलाई पनि प्रस्तुत गरे । एक दृश्यमा भिलेनको अगाडि शाहरुखले आइटम गर्ल बनेर ग्ल्यामर अन्दाजमा नृत्य गरेका थिए । कालो छोटो पहिरन र घुम्रिएको कपालमा शाहरुख निकै सुन्दर देखिएका थिए ।
अमिताभ बच्चन (लावारिस) : फिल्म ‘लावारिस’मा ‘मेरे अंगने मे’ गीतमा अमिताभ बच्चन लेहंगा लगाएर युवती बनेका थिए । उनको मेकअप शैली पनि निकै तािरफ योग्य थियो । यो गीत अहिले पनि मान्छेले निकै मनपराउँछन् ।
कमल हासन (चाची ४२०) : सन् १९९७ को फिल्म ‘चाची ४२०’मा कमल हासनले बुढी महिलाको भूमिका निर्वाह गरेका थिए । आफ्नो श्रीमति र छोरीको नजिक रहनका लागि कमल एक महिला सहयोगीको गेटअप बनाएर उनको घरमा बसेका थिए ।
आयुष्मान खुराना (ड्रीम गर्ल) : हिट फिल्म ‘ड्रीम गर्ल’मा आयुष्मान खुराना नाटकमा युवतीको चरित्र निभाउने पात्रमा देखिएका थिए । जसका लागि उनी पूर्ण रुपमा युवती भएका थिए । फिल्मको क्लाइमेक्समा पनि उनी लेहंगा लगाएर युवती बनेका थिए । फिल्ममा सजिलै पैसा कमाउनका लागि आयुष्मान पुजा बनेर मानिसहरुसँग फोनमा कुराकानी गर्दै बिल बढाउँथे ।
गोविन्दा (आन्टी नं १) : सन् १९९८ मा रिलिज फिल्म ‘आन्टी नं. १’मा गोविन्दा आन्टीको भूमिकामा देखिएका थिए । फिल्मको गीत ‘आन्टी नम्बर १’ निकै लोकप्रिय भएको थियो ।
सलमान खान (जान–ए–मन) : अभिनेता सलमान खान, अभिनेत्री प्रिती जिन्टा स्टारर फिल्म ‘जान–ए–मन’ सन् २००६ मा रिलिज भएको थियो । यो फिल्मको एक दृश्यमा सलमान युवती बनेका थिए । गुलाबी सर्ट लगाएका सलमान निकै सुन्दर देखिएका थिए । तर शारीरिक बनावटका कारण उनले दर्शकलाई निकै हँसाएका थिए ।
राजकुमार राव (लूडो) : सन् २०२० मा रिलिज फिल्म ‘लूडो’मा राजकुमा रावले लेहंगा लगाएर युवतीको अवतारमा देखिएका थिए । लामो कपाल, मेकअप र जुलरीमा राजकुमारलाई चिन्न नै गाह्रो परेको थियो ।
रितेश देशमुख (अपना सपना मनी–मनी) : अभिनेता रितेश देशमुख पनि ‘अपना सपना मनी मनी’मा युवती बनेका थिए । अभिनेताको गेटअपले कैयौं युवतीलाई पछाडि पारेको थियो । कतिपयले उनको लुक्सलाई स्वेता तिवारीसँग तुलना गरेका थिए ।
आमिर खान (बाजी) : सन् १९९८ को फिल्म ‘बाजी’मा आमिर खानले युवतीको रुप मात्र बनाएनन्, युवतीजस्तै नाँचे पनि । ‘डोले–डोले’ गीतमा उनलाई चिन्न निकै गाह्रो पथ्र्यो । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments