
युनाइटेड रोकिदा एभर्टनको सहज जित
- फाल्गुन १, २०७८ मा प्रकाशित
काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलको शनिबारका खेलमा महारथी क्लब म्यानचेस्टर युनाइटेड रोकिदा एभर्टनले भने सहज जित निकालेको छ। घरेलु मैदानमा युनाइटेडले साउथह्याम्पटनसंग १-१ अन्तरको बराबरीमा रोकियो । युनाइटेडले अग्रता जोगाउन नसक्दा अंक बाढ्यो ।
२१औं मिनेटमा जाडोन सान्चोको गोलमा युनाइटेडले अग्रता बनायो । ४८औं मिनेटमा चेन एडाम्सले गोल गर्दै खेल बराबरीमा ल्याए ।
बराबरी पछि युनाइटेड २४ खेलबाट ४० अंक सहित पाचौं स्थानमा छ । समान खेलबाट २९ अंक बनाएको साउथह्याम्पटन १०औं स्थानमा छ ।
यता, एभर्टनले सहज जित निकाल्ने क्रममा लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हरायो । घरेलु मैदानमा सिमुस कोलम्यान, माइकल किन र एन्थोनी गोर्डोनले एक एक गोल गरे ।
यस जितसँगै एभर्टन २२ खेलमा २२ अंक जोड्दै १६ औं स्थानमा छ । लिड्स २३ अंक जोडेर १५ औं स्थानमा छ ।
अन्य खेलमा ब्राइटनले वाट्फोर्डलाई २-० ले हराउदा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले । यता शीर्ष स्थानको म्यानचेस्टर सिटीले नर्विचलाई ४-० अन्तरले पराजित गर्यो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments