
युद्धग्रस्त सुडानका १९ नेपाली सम्पर्कमा, तीन शान्ति सैनिकसहित १३ जना बाहिरिए
- बैशाख १२, २०८० मा प्रकाशित
एजेन्सी । उत्तर अफ्रिकी मुलुक सुडानमा अप्रिल १५ देखि जारी युद्धले त्यहाँ रहेका विभिन्न देशका कुटनीतिज्ञ एवं नागरिकहरूलाई आफ्नो देश फर्किन बाध्य पारेको छ ।दुई सैन्य समूहबीच जारी युद्धका कारण अहिलेसम्म ४०० बढीको ज्यान गइसकेको छ भने, थप सयौंको संख्यामा मानिसहरू घाइते भएका छन् ।
यसबीच नेपाल सरकारले पनि त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयास जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हालसम्म सुडानमा १९ जना नेपाली सम्पर्कमा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै, सुडानमा ६ नेपाली शान्ति सैनिक समेत रहेका थिए । ‘इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सुडानमा रहेका नेपालीहरू, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन यूएनआईएसएफए र यूएनआईटीएएमएसमा कार्यरत नेपाली पदाधिकारीहरू, सुडानस्थित अवैतनिक नेपाली वाणिज्यदूत तथा सुडानी निकायसँग निरन्तर सम्पर्कमा रही विवरण अद्यावधिक गर्ने कार्य गरिरहेको’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपाली राजदूतावास, कायरोले राजदूतावाससँग सम्पर्कमा रहेका १९ नेपालीको सूची तयार गरेको र सूचीकृत सबैजना हालसम्म सुरक्षित रहेको जनाएको छ’, विज्ञप्तिमा भनिएको छ । यस्तै, त्यहाँ रहेका ६ शान्ति सैनिकमध्येमा तीन जना नेपाली शान्ति सैनिक २३ अप्रिलमा अफ्रिकी मुलुक चाडतर्फ गएको मन्त्रालयले जनाएको छ ।
चाड पुग्ने तीनमध्ये एक जना आर्मी र दुई जना प्रहरी अधिकारी रहेका छन् । यस्तै, नेपाल प्रहरीका अर्का दुईजना पोर्ट सुडान पुगेका छन् भने, अर्का एक जना दक्षिण सुडान गइरहेका छन् । चाड पुगेका तीनैजना आज या भोलिसम्म नजिकको यूएन मिसन कहाँ पुग्ने र सबैजना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता एवं ब्रिगेडियर जनरल कृष्णप्रसाद भण्डारीले बताए ।सुडानको राजधानी खार्तुमस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा कार्यरत सातजना नेपाली सोही दिन खार्तुमबाट सडकमार्ग हुँदै रेड सी (लाल सागर) स्थित पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको र त्यहाँबाट हवाई सेवामार्फत युगाण्डा जाने तयारी रहेको बताइएको छ ।
मन्त्रालयले अहिलेको असहज र जटिल सुरक्षा अवस्थामा सुडानमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ । यस्तै, मन्त्रालयले कुनै आपतकालीन अवस्थामा कायरोस्थित नेपाली राजदूतावासका अधिकारी दिपक घिमिरेलाई फोन तथा ह्वाट्सएपमा +२०१०९७७७२३४८ र +२०१०२९६०६६६२ नम्बरमा सम्पर्क गर्न सकिने बताएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments