
युक्रेन युद्ध : विश्व बजारमा खाद्यान्नको मूल्यवृद्धि हालसम्मकै उच्च
- चैत्र २६, २०७८ मा प्रकाशित
पेरिस । गत मार्चमा विश्वमा खाद्यान्नको मूल्यमा झण्डै १३ प्रतिशतले वृद्धि भएको छ । युक्रेन युद्धको कारण यो वृद्धिदर अहिलेसम्मकै उच्च हो । संयुक्त राष्ट्र संघको खाद्यान्न निकायले विश्व बजारमा खाद्यान्न र खाने तेलको भाउमा अप्रत्याशित वृद्ध भएको जनाएको छ ।
खाद्यान्न तथा कृषि संगठन (एफएओ) को विश्वभरि उपभोग्य खाद्यवस्तु व्यापार गर्ने खाद्यान्न मूल्य सूचीको औसत अंक १५९ दशमलब ३ रहन पुगेको थियो । सो अंक फ्रेब्रुअरीमा १ सय ४१ दशमलब ४ रहेको थियो ।
ब्ल्याक सीमार्फत विश्व बजारमा गहुँ, मकै, जौ र सूर्यमुखी तेल निर्यात गर्ने रुस र युक्रेन प्रमुख मुलुक हुन् । मस्कोले छ सातादेखि लगातार आक्रमण गरिरहेकाले युक्रेनको निर्यात कार्य ठप्प हुन पुगेको छ । एफएओले गत महिना युक्रेन युद्धको परिणामस्वरूप खाद्यान्नको मूल्यमा २० प्रतिशतसम्मले वृद्धि हुनसक्ने र त्यसबाट विश्वमा कूपोषणको खतरा बढाउने भविष्यवाणी गरेको थियो ।
मार्चमा गेडागुडी तथा दालको मूल्य सूची १७ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी वनस्पति तेलको मूल्य सूची २३ प्रतिशत नाघेको थियो । एफएओले यो तथ्याङ्क अहिल सम्मकै बढी रहेको जनाएको छ । एफएओले गत महिना चिनी र दुग्ध पदार्थहरूको मूल्य पनि निकै बढेको जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments