
युक्रेन युद्धमा रुस असफल भयोः अमेरिका
- बैशाख १३, २०७९ मा प्रकाशित
किभ: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताएका छन् । युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले सो धारणा राखेका हुन् ।
उनले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गरेका थिए । विदेशमन्त्रीसँगै रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा छन् । युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतकार युक्रेनको राजधानी किभ पुगेका थिए ।
युक्रेनी राष्ट्रपतिसँगको भेटमा रक्षामन्त्री अस्टिनले अमेरिकाले रूसलाई सैन्य रूपमा कमजोर भएको हेर्न चाहेको रक्षामन्त्री अस्टिनले बताए । पछिल्लो समयमा रुसले आफ्नो आक्रमण पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । यसअघि रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो ।
रुसको आक्रमण सुरु भएपछि यो उच्च स्तरीय अमेरिकी भ्रमण हो ।
यसैबीच, रुसी सेनाले मध्य र पश्चिमी युक्रेनमा पाँच रेलवे स्टेसनहरूमा आक्रमण गरेका छन् । मध्ययुक्रेनको ज्मेरिन्का र कोज्याटिनका स्टेसनहरूमा भएका आक्रमणमा हताहतका विवरण भने सार्वजनिक हुन बाँकी छ । -एजेन्सी

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments