
युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे अमेरिकासँग छलफल गयौँः प्रधानमन्त्री देउवा
- फाल्गुन १८, २०७८ मा प्रकाशित
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग रुस–युक्रेन युद्धका विषयमा छलफल गरेको बताएका छन् ।
उनले मंगलबार राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको ट्वीटर मार्फत जानकारी दिएका हुन् ।
‘अमेरिकी विदेशमन्त्रीसँग कुराकानी भएको छ । नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । हामी हाम्रो प्रगतिको लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौं,’ प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, ‘हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्यौं।’
टेलिफोन अमेरिकी विदेशमन्त्रीले गरेका थिए । टेलिफोनमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा पनि छलफल भएको थियो ।
टेलिफोन कुराकानीपछि अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एमसीसीलाई लिएर नेपालको संसदले अनुमोदन गरेको ‘व्याख्यात्मक घोषणा’लाय नोट गरेको जनाइएको छ । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments