
यी हुन् जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति ! को हुन् आक्रमणकारी ?
- असार २५, २०७९ मा प्रकाशित
काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे शुक्रबार विहान ११: ३० बजे देशको पश्चिमी क्षेत्र नारामा एक चुनावी सभालाई सम्बोधन गरिरहेका थिए ।त्यही बेला उनलाई पछाडिबाट एक व्यक्तिले गोली हाने । गोली लागेपछि उनलाई हृदयघात भयो र, अस्पतालमा उपचारकै क्रममा उनको निधन भयो ।
गोली लागे लगत्तै उनलाई उपचारका लागि हेलिकप्टरबाट अस्पताल लगिएको थियो ।
को हुन् आक्रमणकारी ?
गोली हान्ने ४१ वर्षका संदिग्धलाई प्रहरीले घटनास्थलबाटै गिरफ्तार गरेको छ । जापानको सरकारी प्रसारक एनएचकेका अनुसार संदिग्ध आक्रमणकारी, पूर्व प्रधानमन्त्री आबेसँग निराश थिए र हत्या गर्ने उद्देश्यले नै गोली चलाएका थिए ।एनएचकेका अनुसार आक्रमणकारीको पहिचान ४१ वर्षका तेत्सुया यामागामीका रुपमा भएको छ ।
आक्रमणकारी खैरो टी–शर्ट र ट्राउजरमा थिए । रक्षा मन्त्रालय स्रोतलाई उध्रित गर्दै एनएचकेले भनेको छ, ‘संदिग्ध सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य हुन् । तीन वर्ष (२००५सम्म) काम गरेका उनले ह्याण्डमेड गनबाट गोली चलाएका हुन् ।’
सभामा सहभागी रहेका आबेको दल डेमोक्रेटिक लिबरल पार्टीका पदाधिकारीले १० मिटरको दूरीबाट गोली प्रहार भएको बताए । उनका अनुसार गोली हानेपछि ती आक्रमणकारी शान्त थिए र भाग्ने प्रयास गरेका थिएनन् ।
आमसभामा उपस्थित ५० वर्षीया महिलाले एनएचकेसँग भनिन्, ‘म आबेको भाषण सुनिरहेको थिए । त्यहीबेला देखेँ कि हेलमेट लगाएका एक व्यक्तिले दुई गोली हाने । दोस्रो गोली लागेपछि आबे ढले । उक्त व्यक्तिलाई तत्काल गिरफ्तार गरियो ।’प्रहरीले पक्राउ गरेका व्यक्तिको घरबाट अरु घरेलु हतियार पनि फेला परेको छ ।
ती हतियार आबेमाथि गोली हान्न प्रयोग भएका हतियार जस्तै छन् ।आबेको कार्यक्रमबारे ती आक्रमणकारीले कसरी थाहा पाए भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । किनकी आबेको कार्यक्रम गएराति मात्र आकस्मिक रुपमा तय भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments