
यी हुन् कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र
- चैत्र १८, २०७८ मा प्रकाशित
काठमाडौं: यसै वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने ‘कतार फिफा विश्वकप-२०२२’ का लागि २९ राष्ट्र छनोट भइसकेका छन् । कुल ३२ राष्ट्रले सहभागीता जनाउने विश्वकपमा तीन राष्ट्रको भने टुंगो लागेको छैन ।
यसपटकको विश्वकप २१ नोभेम्बरबाट सुरु भई १८ डिसेम्बरमा समाप्त हुनेछ । विश्वकपकै इतिहासमा पहिलो पटक खेलहरू विन्टरमा हुँदैछन् ।
विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३, अफ्रिकाबाट ५, एसिया र कन्मेवलबाट समान ४ (दुबैबाट एक प्लेअफ टिम) रहँदा कोन्काफ ३ (एक प्लेअफ) र ओसियानाबाट १ (प्लेअफ) देशले सहभागीता जनाउनेछन् ।
विश्व फुटबलको सर्वाेच्च संस्था फिफाले ३२ टोलीलाई (प्लेअफ सहित) चार ‘पोट’ मा बिभाजन गरेको छ । आज (शुक्रबार) राति नै विश्वकपको ‘ड्र’ समेत हुँदैछ । पोट ‘ए’ मा रहेका विश्व वरीयताका शीर्ष सात र एक आयोजक टिमले अन्य तीन ‘पोट’बाट एक एक टिम पाउँदा एक समूहमा चार टिम रहनेछन् ।
हालसम्म यरोपबाट बेल्जियम, क्रोयशिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जमर्नी, नेदरल्यान्ड, पोल्याण्ड, पोर्चुगल, सर्विया, स्पेन र स्विजरल्यान्ड रहेका छन् ।
यस्तै कन्मेवल अर्थात दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, इक्वेडर र उरुग्वे छनोट भएका छन् । यता, कन्काफबाट क्यानडा, अमेरिका र मेक्सिको छनोट भइसकेका छन् । यता, अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरोक्को र क्यामरुन छनोट भएका छन् ।
यता, एसियाबाट आयोजक कतार सहित जापान, दक्षिण कोरिया, साउदी अरबिया र इरान छनोट भएका छन् ।
अब, विश्वकपमा प्लेअफबाट वेल्सविरुद्ध स्कटल्याण्ड र युक्रेनबीच एक, अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध पेरु एक, कोस्टा रिकाविरुद्ध न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ र तीन टिम छनोट हुनेछन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments