
यी मनि ट्रान्सफर सञ्चालक, जसले विदेशीको पैसा झ्वाम पारे
- चैत्र १५, २०७८ मा प्रकाशित
काठमाडौं: घर बनाउन लिएको अढाइ लाख रूपैयाँ ऋण तिर्न पाँचथरको तुम्बेवा-२ मेवा घर भइ साउदीमा रहेका उज्वल तामाङले २०७६ को कात्तिकमा मनि ट्रान्सफर गरेर ३ लाख रूपैयाँ पठाए ।
श्रीमतीलाई पैसा लिन पठाए-मौवा बजारमा । तर, १० हजार पाए । बाँकी पाएनन् ।
मनि ट्रान्सफर सञ्चालक खेम खत्रीले भने, ‘अहिले सबै पैसा छैन, केही दिनमा आउनू, अलिक पछि बाँकी दिन्छु ।’ फेरि गइन् तर पाइनन् । नपाएपछि उनी रिसाइन् र भनिन्, ‘पैसा किन छैन भन्दै हुनुहुन्छ तपाईं ? कसरी छैन पैसा ?
खत्रीले जवाफ दिए, पैसा लिन जान पाएको छैन ।
र, लेखिदिए भिजिटिङ कार्डको पछाडिपट्टि- ‘सयकडा दुईले ऋण चलाएको छु ।’
यसको केही दिनमै उनी मनि ट्रान्सफरमा देखिन छाडे । हालसम्म उनी कहाँ छन् भन्ने पत्तो छैन ।
उज्वलको मात्र होइन, खत्रीले तुम्बेवा–१ का भलुराम तामाङको पाँच लाख रूपैयाँ र तुम्बेवा–२ चुवाडेका युद्धबहादुर तामाङको पनि ४ लाख रूपैयाँ ऋण चलाएका थिए । तर, उनीहरूले खत्री नदेखेको तीन वर्ष नाघ्यो ।
मौवा बजार जाँदा खत्रीका घर पुग्छन् तर सुनसान देखेपछि फर्किन्छन् ।
यी तीनजना बाहेक मौवा बजारका अन्य मानिसहरू पनि खत्रीबाट ठगिएका छन् । उज्वलका श्रीमती काठमाडौं आएर महानगरीय अपराध महाशाखामा खत्रीविरुद्ध ठगी मुद्दामा किटानी जाहेरी दिएकी छिन् तर महाशाखाले नियन्त्रणमा लिन सकेका छैनन् ।
महाशाखाका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले प्रहरीले खत्रीलाई खोजतलास गरिरहेको जानकारी दिए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments