
यस वर्षको युवा प्रधानमन्त्रीमा दैलेखकी मनिषा कार्की निर्वाचित , पाउनेभइन यस्ताे सुविधा
- असार २९, २०७९ मा प्रकाशित
काठमाडौं । यस वर्षको युवा प्रधानमन्त्रीमा दैलेखकी मनिषा कार्की निर्वाचित हुनुभएको छ ।राष्ट्रिय युवा परिषद्को आयोजनामा शनिबारदेखि ‘सङ्घीय नमूना युवा संसद्’ मा २४ वर्षीया कार्की युवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
गत वर्ष पोखराकी स्मृति बराल युवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।यस्तै सभामुखमा झापा विर्तामोडका २४ वर्षीया पूजा कँडेल निर्वाचित हुनुभएको छ । उपसभामुखमा रुपन्देहीका अविष्कार पराजुली, प्रतिपक्ष दलको नेतामा कैलालीको रविन्द्रविक्रम शाह चयन भएका छन् ।
राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सुसूचित गराउन शनिबारदेखि भर्चुअल ‘सङ्घीय नमूना युवा संसद्’ सञ्चालन गरेको छ ।यसरी नमूना युवा संसद्बाट चयन भएका प्रधानमन्त्री, सभामुख, मन्त्री, प्रमुख सचेतक, प्रमुख प्रतिपक्ष दलका नेता र सांसदको भूमिकामा चयन हुनुभएका युवाले सोमबारदेखि सङ्घीय नमूना संसद्सभाको अभ्यास गर्दै छन् ।
उनीहरूलाई शनिबार र आइतबार नेपालको संसदीय अभ्यास, व्यवस्थापिका संसद् सञ्चालन, संसदीय शब्दावली र लोकतन्त्रबारे प्रशिक्षित गरिएको थियो ।परिषद्ले १६ देखि २४ वर्ष उमेर समूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउन हरेक वर्ष सङ्घीय नमूना युवा संसद्को अभ्यास गराइँदै आएको छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।उहाँले युवालाई कानुन, संविधान, सभ्यताको ज्ञान र स्वयंसेवी भाव, अधिकार, कर्तव्य र दायित्व बोध गराउन संसदीय अभ्यास गराइने बताउनुभयो ।
परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था र संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक वर्ष नमूना युवा संसद् कार्यक्रम गर्दै आइरहेको छ । नमूना युवा संसद् भोलिसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments