
यस्तो छ कोरियन गायिका बाइ सुजीको डाइट प्लान
- फाल्गुन २१, २०७८ मा प्रकाशित
काठमाडौं: जाडोको बिदाईसँगै गर्मीको मौसम सुरु भइसकेको छ । गर्मीको सुरुवातसँगै फिटनेसको रुटिनलाई पछ्याउनेको संख्या पनि बढिरहेको छ । हामी सबैका लागि अभ्यास र डाइट अत्यावश्यक छ ।
कोरियाका अभिनेत्रीहरु हालका दिनमा ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालमा निकै छाइरहेका छन् । कोरियन शोहरुको माग बढ्दो छ । कोरियन महिला सेलिब्रेटीहरु सुन्दरता र फिटनेसमा उत्तिकै ध्यान दिन्छन् । यहाँ केही लोकप्रिय कोरियन गायिकाहरुको डाइटको बारेमा प्रस्तुत गरिएको छ ।
फिल्म ‘आर्किटेक्चर १०१’ की अभिनेत्री तथा गायिका बाइ सु—जी उर्फ बाइ सुजीलाई आफ्नो सुन्दरताका लागि ‘नेसन्स फस्र्ट लभ’को उपाधि दिइएको छ । यो उपाधि उनले आफ्नो वजन घटाएवापत पाएकी हुन् । उनी नास्तामा एक गुलियो आलु, चिकन ब्रेस्ट र कम फ्याटवाला दुध खान्छिन् । खानामा ब्राउन चामल र सलाद खान्छिन् र डिनरमा दुई गुलियो आलु खान्छिन् ।
ली जी—उन उर्फ आइयू कोरियाकी अर्की चर्चित गायिका हुन् । जब आइयू पहिलोपटक टेलिभिजनमा देखिएकी थिइन्, उनको शरीर निकै मोटो थियो । उनले आफ्नो करियरको सुरुवात १५ वर्षको उमेरमा गरेकी थिइन् । मोटो शरीरलाई घटाउनका लागि उनले स्ट्रिक्ट डाइट फलो गरिन् ।
आइयूको डाइटको कुरा गर्दा उनी नास्तामा एक स्याउ खान्छिन् । लञ्चमा एक गुलियो आलु र डिनरमा एक कप प्रोटीन शेक खान्छिन् । उनी यति खानेकुरा खाएर दिनभर काम गर्न सक्छिन् ।
डाभिची पप डुओकी गायिका काङ मिन—क्युङ पनि फिटनेसका लागि लोकप्रिय छिन् । उनलाई पेस्ट्रीज निकै मनपर्छ । यहीकारण आफ्नो करियरको सुरुवातमा उनी निकै मोटी थिइन् । आफूलाई पहिलोपटक टेलिभिजनमा देख्दा आफैं चकित भएपछि उनले डाइट सुरु गर्ने निर्णय लिइन् ।
उनको डाइट निकै साधारण छ । उनी नास्तामा एक गुलियो आलु, एक कप कम फ्याटवाला दुध र चिकन ब्रेस्ट सलाद लिन्छिन् । लञ्चमा एक स्याउ र दुई गुलियो आलु खान्छिन् तथा डिनरमा एक कप लो फ्याट मिल्क, तीन चेरी, टमाटर र एक गुलियो आलु लिन्छिन् । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments