
यसकारण आइपिएल अक्सनमा आइनन् प्रीति जिन्टा
- फाल्गुन १, २०७८ मा प्रकाशित
काठमाडौं: भारतको बैंगलोरमा हुन लागेको इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा पञ्जाब किंग्सकी सहमालिक प्रीति जिन्टा उपस्थित नहुने भएकी छन् । हालैमात्र आमा बनेकी प्रीतिले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै त्यसको कारण पनि उल्लेख गरेकी छन् ।
प्रीतिले आफ्ना जम्ल्याहा सन्तानलाई एक्लै छोड्न नसक्ने भएकाले अक्सनमा उपस्थित हुन नसक्ने बताएकी छन् । ‘यो वर्ष म आइपिएल अक्सनको हिस्सा हुन पाउने छैन । किनकि मेरा आफ्ना सन्तानहरूलाई छोडेर भारत आउन सक्दिनँ । एक साता यता हाम्रो टिम लिलामी र क्रिकेटको सबै कुरामा चर्चा गर्न व्यस्त छौं’, आइपिएल अक्सनको एक पुरानो तस्बिर राख्दै उनले लेखेकी छन् ।
उनले आफ्ना फ्यानलाई कोही खेलाडी अथवा आफ्नो टिममा कसैलाई राख्न चाहने हो भने सिफारिस गर्न सुझाव दिएकी छन् ।
प्रीतिको कुरा गर्दा उनी गत वर्ष नोभेम्बरमा सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानको आमा बनेकी थिइन् । आमा बनेपछि उनी सन्तानको स्याहारसुसारमा व्यस्त छिन् । विवाहको पाँच वर्षपछि प्रीति र उनका पति जीन गुडइनफको घरमा सन्तानको आगमन भएको हो । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments