
मोरङ ३ (१) मा काँग्रेसबाट मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता
- कार्तिक २४, २०७९ मा प्रकाशित
इटहरी । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभामा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ।बेलबारी नगरपालिका-८ निवासी लिम्बूले बिहीबारै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन्। लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् नेविसंघ मोरङका पूर्व सभापति पनि हुन्।
उक्त क्षेत्रबाट चुनावी मैदानमा रहेका शेखरचन्द्र थापाको डेंगु र निमोनियाका कारण बुधबार निधन भएको थियो। प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थापाको निधनपछि निर्वाचन आयोगले मंसिर ४ मै निर्वाचन गर्ने गरी कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयन समय बिहीबारका लागि दिएको थियो।
लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराइसकेका छन्। उम्मेदवारी परेपछि अब उनी र एमालेका दिलीप राईबीच प्रदेशसभाका लागि भिडन्त हुने भएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments