•  ९ चैत्र २०८१
  •  10:24:27 PM

मोरङ कारागारका महिलाहरूसंग माया घरले मनायो ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

- फाल्गुन २६, २०७९ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरीस्थित प्रधान कार्यालय रहेको माया घर नेपालले मोरङको बिराटनगर कारागारमा रहेका महिला कैदिबन्दिहरू संग ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

बिभिन्न कारण तथा परिवन्दवस कारागारमा कैदि जिवन बिताइरहेका महिला दिदि बहिनिहरूसंग माया घर नेपालका प्रतिनिधिहरूले महिला दिवश मनाएको हो ।

परिवारबाट टाढा रहेका र बिभिन्न कारणवस कारागारमा कैदि जिवन बिताइरहेका महिलाहरूलाइ प्रोत्साहन दिन उनिहरूसंग महिला दिवश मनाइएको माया घर नेपालकि सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो ।

कारागार जिवन बिताइसकेपछि पनि धेरै महिलाहरूलाइ समाजमा पुनस्स्थापना हुन कठिन भइरहेको बेला उनिहरूलाइ बिभिन्न तालिमहरू प्रदान गरी आत्मनिर्भर बनाउन माया घर नेपालले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको संस्थाकि सचिव प्याकुरेलको भनाइ छ ।

घर परिवारबाट टाढिएका महिला दिदिबहिनिहरूलाइ थोरै भएपनि माया बाढन संस्थाका प्रतिनिधिहरू कारागार सम्मै पुगेर अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाएको सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो । 

Comments

सम्बन्धित खवर