
मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एकको मृत्यु
- मंसिर २०, २०७९ मा प्रकाशित
इटहरी । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलवार एक वृद्धको मृत्यु भएको छ ।हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणिचाेक उत्तर तर्फकाे जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्ध जयप्रसाद बास्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए ।
मृतक वास्ताेलासँगै घाँस काट्न जङ्गलमा उनको श्रीमती समेत गएको साथै उनीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।मृतक बास्तोलाको शव पाेष्टमाटमकाे लागि उर्लाबारी लगिएको प्रहरीको भनाइ रहेको छ । पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तीले आँतक मच्चाउने गरेको छ । सुन्दरहरैँचाकाे उत्तर तर्फकाे जङ्गलमा हात्तीका बच्चा सहित २०/२२को सङ्ख्यामा रहेको स्थानीय चिरन भट्टराईले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments