
मोरङको रतुवामाईमा हैजा संग मिल्दाे जुल्दाे राेगकाे प्रकाेप : ४ परिवारका १२ जना एकै साथ विरामी
- जेष्ठ ३१, २०७९ मा प्रकाशित
उर्लाबारी । मोरङको रतुवामाई नगरपालिका-८ मा अनौठो किसीमको रोग देखा परेको छ । सुरुमा टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र लगातार झाडापखला लाग्ने रोगका कारण रतुवामाई नगरपालिका-८ मिलन चौकका ४ परिवारका १२ जना एकसाथ विरामी परेको विरामीका आफन्त लाल बहादुर खड्काले बताए ।
खड्का अनुसार शनिवार साझबाट उनिहरुमा यस किसीमको समस्या देखा परेको र उपचारका लागि उर्लाबारी स्थिति मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा ल्याइएको बताए ।
त्यहा उपचारका क्रममा उनिहरुलाई हैजा रोग सग मिल्दोजुल्दो लक्षण देखा परेको उपचारमा समलग्न फिजीसियन डाक्टर कुशल ओस्तीले बताए ।
शनिवार साझ बाट विरामी परेका स्थानिय पुणर् बहादुर खड्का, होमु खड्का, लिला खड्का, आदित्य खड्का (बालक) आशिका खड्का (बालिका) स्थानिय मोहन श्रेष्ठ, अस्मिता श्रेष्ठ, मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार सम्वभव नभएपछि उनिहरुलाई नोवेल अस्पताल विराटनगर रिफर गरिएको रतुवामाई नगरपालिका-८ का वडा अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिए ।
यस्तै सोही स्थान बस्ने शोभा हस्ता उनकी छोरीको मोरङको झुर्किया मा उपचार पश्चात घर फर्किएको र विरामी मध्येका होम बहादुर खड्का विराट टिचिङ अस्पतालको आईसियुमा उपचारत रहेको अध्यक्ष कार्कीले बताए ।
अध्यक्ष कार्कीले नोवेल अस्पतालमा उपचारत विरामीहरुमा हैजा रोग सग मिल्दोजुल्दो लक्षण देखापरेतापनि रोग आधिकारीक रुपमा पुष्टि भै नसकेको बताए ।
हाल सो गाउमा नगरपालिकाको स्वास्थ्य शाखाले विशेषरुपमा रेखदेख गरिरहेको भएता पनि स्थानियहरु शसङकित भएको बताइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments