
मोरङको रङ्गेलीमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा पक्राउ
- बैशाख २८, २०८० मा प्रकाशित

मोरङ । मोटरसाइकल दुर्घटना हुँदा मोरङको रंगेली नगरपालिका–५ धनापट्टीमा बुधबार राति एक जना महिलाको मृत्यु भएको छ ।मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रतुवामाई नगरपालिका–५ की ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको छ ।प्रहरी निरीक्षक श्रेष्ठका अनुसार मानकीदेवी आफ्नै छोरा २९ वर्षीय दिनेशकुमार साहले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन् । दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि छोरा दिनेशले नै विराटनगरको गोल्डेन अस्पताल ल्याएका हुन् । उपचारका क्रममा उनको राति १०ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा आमाको मृत्यु भएपछि दिनेशलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments