
मोरङको बूढीगङ्गामा दुर्घटना, वृद्ध पुरुषको मृत्यु
- भाद्र ३०, २०७९ मा प्रकाशित
इटहरी । मोरङको बूढीगङ्गामा मङ्गलबार साँझ दुर्घटना हुँदा वृद्ध पुरुषको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत बूढीगङ्गा गाउँपालिका–३ शान्ति चोकमा साँझ ७ बजेतिर दुर्घटना भएको हो ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पिकअप भ्यानको ठक्करबाट स्याङजा घर भएका ७० वर्षीय पदमबहादुर बस्नेतको मृत्यु भएको छ । सडक क्रस गर्दै गरेको अवस्थामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४६९८ नम्बरको पिकअपले वृद्धलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा बूढीगङ्गाकै विराट शिक्षण अस्पतालमा ७ः५० बजेतिर मृत्यु भएको हो । प्रहरीका अनुसार भ्यान र चालक विराटनगर महानगरपालिका–५ का २४ वर्षीय सन्तोष गुप्तालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments