
मोरङको खुर्सानेमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा बाबुको मृत्यु, छोरा घाइते
- श्रावण १९, २०८१ मा प्रकाशित

इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० खोर्सानमा टिपरको ठक्करबाट बाबुको ज्यान गएको छ भने छोरा घाइते भएका छन् ।
प्रहरीका अनुसार सडकमा गुडिरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसको पछाडि बाबु–छोरा सवार मोटरसाइकल (शुक्रबार) दिउँसो ४ः४५ बजेतिर ठोक्किएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बसले अचानक ब्रेक लगाउँदा ठोक्किएको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकललाई पछाडिबाट टिपरले ठक्कर दिएको हो ।
ना १ क ६१६७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–९ का २२ वर्षीय रञ्जित मगर र पछाडि सवार उनका बुवा ६९ वर्षीय रामबहादुर मगर घाइते भएको उनले बताए । बस्नेतका अनुसार गम्भीर अवस्थाका रामबहादुरलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याई पु¥याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।
घाइते रामबहादुरको टाउको, छात्तीलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । दुर्घटनामा परेर घाइते भएका मृतकका छोरा रञ्जितको नोबेल अस्पतालमै उपचार भइरहेको छ । प्रहरीका अनुसार शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था मध्यम छ ।
दुर्घटनालगत्तै घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले मोटरसाइकल, टिपर, बस र बसका चालक उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय राजकुमार विकलाई नियन्त्रणमका लिएको छ । टिपर चालक फरार रहेकाले खोजी तीव्र पारिएको डीएसपी बस्नेतले बताए । उनका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments