
मैदानमै घम्साघम्सी गरेका अर्जेन्टिना र नेदरल्याण्ड्समाथि फिफाको कारबाही
- मंसिर २५, २०७९ मा प्रकाशित
एजेन्सी । विश्व फुटबल महासंघ (फिफा) ले कतार विश्वकपमा सहभागी अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गर्ने निर्णय लिएकोछ।विश्वकपका क्रममा दुवै टिमले अनुशासन मिचेको निष्कर्षसहित फिफाले जरिवाना तिराउन लागेको हो। तर यी दुई टोलीको जरिवाना भने निर्धारण भइसकेको छैन।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै टोलीले जनही १६ हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने हुन सक्छ।विश्वकपको क्वाटरफाइनलका क्रममा यी दुईबीचको खेल तनावपूर्ण भएको थियो। निर्धारित ९० मिनेट र अतिरिक्त समय २-२ गोलको बराबरी भएपछि यिनीहरुबीचको निर्णय पेनाल्टीमा भएको थियो।
पेनाल्टीमा अर्जेन्टिना विजयी भए पनि दुई देशका खेलाडी मैदनमै भिडेका थिए। नेदरल्यान्ड्सले अन्तिम २३ सेकेन्ड बाँकी हुँदा फ्री किकबाट गोल गरेर खेललाई अतिरिक्त ३० मिनेटमा धकेल्न सकेको थियो। पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएको खेलमा बेन्चमा भएका खेलाडी मैदान छिरेर विवादमा उत्रिएका थिए।
यो खेलमा रेफ्रीले पहेँलो कार्डको बर्षात् नै गरेका थिए। यस क्रममा अर्जेन्टिना र नेदरल्यान्ड्सका १७ खेलाडीले पहेँलो कार्ड पाएका थिए । यो खेलका क्रममा नेदरल्यान्ड्सका डेन्जेलले दुई पहेँलो कार्डसहित रातो कार्ड भेटेका थिए। पटक पटक घम्साघम्सीमा उत्रिएका दुवै देशका टोलीमाथि फिफाले अनुशासनको कारवाही गर्न लागेको हो।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments