
मेचिनगरमा स्थानियलाइ नक्कली धनीपुर्जा बनाएर बिक्रि बितरण गर्ने गिरी पक्राउ
- बैशाख १५, २०८० मा प्रकाशित

झापा । ऐलानी जग्गाको नक्कली धनीपुर्जा बनाइदिएर स्थानीयबाट रकम असुल्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-६ का ७३ वर्षीय ज्ञानबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। घटनामा संलग्न एक जना अझै फरार रहेका छन्।
प्रहरीका अनुसार मेचीनगर-६ स्थित मेचीडाँडामा ऐलानी जग्गाको धनीपुर्जा बनाइदिने भन्दै गिरी र सोही ठाउँका ७५ वर्षीय भुपध्वज दाहालले त्यहाँका स्थानीयवासीसँग विभिन्न मितिमा १० देखि ७० हजारसम्म रकम असुलेर ठगी गरेका छन्।
गिरी र दाहालले स्थानीयको फोटो टाँसिएका रातो मसीले सहीछाप समेत गरी नक्कली जग्गाधनी पुर्जा तयार पारी समेत दिएको थियो। उनीहरूले रकम लिएर नक्कली धनीपूर्जाको वितरण गरेको भन्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका थिए।
सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गिरीलाई वैशाख १२ गते पक्राउ गरेको डीएसपी रिजालले बताए।
पक्राउ परेका गिरीलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको छ। ‘अहिलेसम्म ७ जना पीडित सम्पर्क आएका छन्,’ डीएसपी दाहालले भने, ‘उनीहरूले ५० देखि ६० जनालाई ठगी गरेको हुनसक्ने अनुमान छ।’

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments