
मुसहरहरूलाई सिपयुक्त बनाउन नगरपालिकाद्वारा अन्तर्क्रिया
- फाल्गुन २, २०७८ मा प्रकाशित
उदयपुर: त्रियुगा नगरपालिकाले विपन्न तथा पिछडिएका मुसहर समुदायलाई पेशा परिर्वतन गरी आर्थिक उपार्जनमा संलग्न गराउने अभियान थालेको छ । उनीहरूको रुचि अनुरुपको सिप उपलब्ध गराउने उदेश्यले नगरपालिकाले अभियान सुरु गरेकाे हाे ।
नगरपालिकाद्वारा आयाेजित अन्तरक्रियामा मुसहर समुदायले जीविकोपार्जनका बारेमा नगरप्रमुख बलदेव चौधरीसँग खुलेर कुराकानी गरेका छन् । अन्तरक्रियामा सहभागीहरूले व्यवसायिक सीप र ज्ञानको माग राखेका थिए । मुसहर समुदायका अगुवाहरूले नगरप्रमुख बलदेवसँग अगरबत्ती बनाउने, सिलाई कटाई, दालमोठ भुजिया बनाउने, मोटरसाइकल मर्मत, ग्रिल बनाउने तालिम तथा तरकारी, पशुपालनसम्बन्धी तालिमको माग राखेका छन् । उनीहरूले आयआर्जनमुलक सीपका साथै शिक्षा, स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रमको माग पनि गरेका छन् ।
सदा समुदाय ज्याला, मजदुरी र बनिबुतोको भरमा जिविकोपार्जन गरिरहेका छन् । राजनैतिक, सामाजिक, आर्थिक सबै हिसाबले सो समुदाय पछाडि पारिएकाे समुदाय हाे । जमिनको स्वमित्वबाट बञ्चित, उद्यमदेखि टाढा रहेका सदा समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट पनि टाढा छन् । उनीहरुको आर्थिक उर्पाजन गरी गर्न सकिन्छ कि भनेर अन्तरक्रिया गरेको नगर प्रमुख चौधरीले बताए । -न्युज कारखाना

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments