
मुना हत्याका अभियुक्त बब्बीसिंहलाई लगियो अदालत, धरौटीमा छाड्न अस्वीकार
- भाद्र १९, २०८१ मा प्रकाशित

एजेन्सी । अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बब्बीसिंह शाहलाई मंगलबार अदालत पेस गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार पनि अदालतले अभियुक्त ५१ वर्षीय शाहलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ।
मुनाको हत्या भएको केही दिनपछि पक्राउ पर्दा पनि शाहले रगतका दाग लागेका कपडा नै लगाएको मंगलबार अदालती सुनुवाइका क्रममा अभियोजकहरूले बताए।मुनालाई शरीरमा तीनपटक र टाउकोको पछाडि एकपटक गोली हानेको अभियोजकहरूले अदालतसमक्ष बताए।
यही अगस्ट २६ तारिख साँझ पाण्डे आफ्नै अपार्टमेन्टको ओछ्यानमै गोली लागेको अवस्थामा मृत भेटिइएकी थिइन्।घटना अनुसन्धानका क्रममा ह्युस्टन प्रहरीले मुना एक्लै बस्ने गरेको अपार्टमेन्टबाट एकजना संदिग्ध पुरुष बाहिरिँदै गरेको सीसीटीभी फुटेज फेला परेको थियो।
त्यही आधारमा प्रहरीले शाहलाई अगस्ट २८ राति ८ बजे उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपबँट पक्राउ गरेको थियो। हाल उनलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ।अभियुक्त शाहविरुद्ध २६२औँ स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको छ। यसैबीच मुनाका साथी दीपेन्द्र कुँवरले उनलाई एक अपरिचित व्यक्तिले एक वर्षदेखि नै पछ्याइरहेको बताएका छन्।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments