
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
- असार १४, २०८० मा प्रकाशित
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले आज (बिहीबार) बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री काकीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
प्रदेश सभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । नेकपा (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
कार्की नेकपा (एमाले) का ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए । प्रदेश सभामा कुल ९३ सदस्य रहेकामा विश्वासको मत लागि ४७ मत आवश्यक पर्दछ । जसपाले विश्वासको मत दिएमा कोशी सरकार यथावत रहनेछ । कोशीमा जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने अपेक्षा गरेको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments