
मुख्यमन्त्रीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त
- बैशाख १, २०७९ मा प्रकाशित
इटहरीः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँ वर्ष थप सुखद र उपलब्धिमूलक बन्न सकोस् भन्दै नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गरेका छन् ।
राईले एक शुभकामना सन्देश जारी गर्दै नयाँ वर्ष २०७९, मुलुकमा सङ्घीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सभाको अन्तिम वर्ष पनि हो । यस वर्षको सुरुवाती महिना वैशाखमा मुलुकभरका स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न हुन गइरहेको छ ।
यो वर्ष प्रदेश र सङ्घीय संसद्को कार्यकाल समाप्त हुने वर्ष पनि हो । आवधिक रूपमा जनताको अभिमत सङ्कलन गर्ने र यसकै आधारमा राज्य व्यवस्था सञ्चालन हुने भएकाले निर्वाचनलाई लोकतन्त्रको प्राण वायु पनि भनिन्छ । सोहीअनुसार हुने निर्वाचनले राज्यव्यवस्था र यसका सञ्चालकलाई सामाजिक स्वीकृति प्रदान गर्दछ । यसै वर्ष हुने सबै तहका निर्वाचनको सफलताको शुभकामना व्यक्त गर्दछु भनेका छन् ।
हामी प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा विगत चार वर्ष कसरी व्यतीत भए सिंहावलोकन गर्दै अब बाँकी समय कसरी उपलब्धिमूलक बनाउने भन्ने एउटा चुनौतीपूर्ण अवस्थामा पनि छौँ । प्रदेश नं. १ को नामकरण गर्न थाती रहेको सन्दर्भमा अबका दिनमा प्रदेश सभाको प्रमुख राजनीतिक दल यस कार्यमा सक्रियताका साथ प्रस्तुत हुने अपेक्षा गरेको छु । प्रदेश सभामा रहेका मुख्य राजनीतिक दलहरूको सहयोग, समर्थन र खुल्ला प्रयास भएको अवस्थामा प्रदेश नं. १ को नामकरण यसै वर्षमा टुङ्गिने विश्वास पनि व्यक्त गर्दछु सन्देशमा उल्लेख छ ।
एउटा विशिष्ट परिस्थितिमा सरकार सञ्चालन गर्न आइपुगेको बताउँदै मुख्यमन्त्री राईले विगतमा शान्ति, स्थिरता, सुशासनका लागि दिइएको जनमत खण्डित हुँदा एक अलग परिस्थितिमा हामी सरकार सञ्चालन गर्न आइपुगेका हौँ । हाम्रा लागि २०७८ साल कोरोना महामारी र त्यसको सङ्क्रमणका कारणले केही सुखद हुन सकेन । हाम्रा साधन स्रोतलाई कोरोना सङ्क्रमण रोकथाम र व्यवस्थापनमा केन्द्रित गर्दा नियमित काम कारबाही केही हदसम्म प्रभावित भए । यद्यपि सीमित साधन स्रोतका बाबजुद पनि हामी जनताको अपेक्षा पूरा गर्न प्रयासरत छौँ । आर्थिक, सामाजिक रूपान्तरण सहित जनअपेक्षा पूरा गर्न हामी निरन्तर अघि बढ्ने कुराको विश्वास पनि दिलाउन चाहन्छु सन्देशमा उल्लेख गरेका छन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments