•  ९ चैत्र २०८१
  •  12:19:09 AM

मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा झापामा दुई युवाको मृत्यु

- कार्तिक ५, २०८० मा प्रकाशित



झापा । झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराई र स्कुटरको पछाडि सवार सोही ठाउँका ३६ वर्षीय रोशन लुंगलीको मृत्यु भएको हो ।

भट्टराईको घटनास्थलमै र लुंगेलीको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मिनी ट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

Comments

सम्बन्धित खवर