
मिक्लाजुङमा हिजो राति विष्फोट, आज बिहान शंकास्पद वस्तु फेला
- बैशाख २९, २०७९ मा प्रकाशित
इटहरीः मोरङको मिक्लाजुङमा गएराति शक्तिशाली विष्फोट भएको छ भने आज बिहान पनि शंकास्पद वस्तु फेला परेको छ ।
स्थानीय तह निर्वाचन विथोल्न खोज्ने र निर्वाचन विरोधी समूहले विष्फोट गराएको हुन सक्ने प्रहरीले जनाएको छ । विष्फोट गराइएको स्थान यकिन हुन सकिरहेको छैन । तर मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा आज (बिहीबार) बिहान बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ ।
विष्फोट गराइएको र शङ्कास्पद वस्तु भेटिएको स्थान आसपासमै रहेको हुनसक्ने स्थानीयले बताए । विष्फोट गराएको भोलिपल्ट बमजस्तो देखिने शङ्कास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित एवम् आतङ्कित भएका छन् ।
मिक्लाजुङ–१ को सरस्वती आधारभूत विद्यालयका शिक्षक मदन श्रेष्ठले राति ११ देखि १२ बजेको बीचमा विष्फोटको ठुलो आवाज आएको जानकारी दिए । बम बनाएर छाडेजस्तो देखिने प्रेसर कुकर सोही विद्यालयबाट ५० मिटरजति टाढा सडकमा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार खतरा भनेर लेखिएको र तारहरु बाहिर निकालेर सडकमा छाडिएको अवस्थामा प्रेसर कुकर फेला परेको हो ।
शङ्कास्पद वस्तु भेटिएको जानकारी आउनसाथ नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेर प्रहरीले घटनास्थलाई सुरक्षित राखेको श्रेष्ठले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments