
माेरङ कारागारमा भुसकाे आगाे झै फैलीयाे काेराेना : संक्रमितकाे संख्या ५४ पुग्याे , सबै क्षेत्रमा मास्क अनिवार्य
- श्रावण १, २०७९ मा प्रकाशित
इटहरी । विराटनगरस्थित जिल्ला कारागार मोरङमा कोरोना भाइरसबाट सङ्क्रमित हुने कैदी बन्दीको सङ्ख्या ५४ पुगेको छ । पिसिआर परीक्षण गरिएकामध्ये थप ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
पछिल्लो पटक ४८ जनाको परीक्षण गरिएकोमा ३५ जनामा कोरोना पुष्टि भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि १३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
यसअघि शुक्रबार १९ जना कैदी बन्दीमा कोरोना पुष्टि भएको थियो । उच्च ज्वरोका कारण बिरामी परेपछि उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएका १६ जनामा कोरोना पुष्टि भयो । त्यसपछि परीक्षण गरिएका थप तीन जनाको रिपोर्ट पनि पोजेटिभ आयो ।
प्रजिअ दाहालले सङ्क्रमित कैदी बन्दीलाई थप उपचारका लागि कोसी कोभिड अस्पतालमा भर्ना गरिने बताए । ‘कारागारभित्र कोरोना पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य नै छ ।
यसैबिच कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको दर बढ्न थालेपछि संक्रमण रोकथामका लागि सबै क्षेत्रमा मास्क अनिवार्य गर्ने निर्णय गरी सबैलाई सार्वजनिक आव्हान गर्ने तयारी गरिएको छ ।
कोरोना विरुद्ध खोप लगाएपछि केही समययता संक्रमण न्यून थियो । संक्रमण घटेसँगै मानिसहरुले मास्क लगाउन पनि छोड्दै गएका थिए । पछिल्लो समय मोरङ जिल्ला कारागारमा कोरोना संक्रमण फैलिएपछि बसेको आकस्मिक बैठकले मास्क अनिवार्य गर्ने निर्णय गरेको हो ।
बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अरु थुप्रै निर्णयहरु पनि गरेको छ । सङ्क्रमण फैलिएको कारागारका कैदी बन्दीको कोरोना परीक्षण गर्ने, सङ्क्रमितको उपचार कोसी कोभिड अस्पतालमा गराउने, उपचारमा आवश्यक जनशक्तिको व्यवस्थापन, आमनागरिकमा स्वास्थ्य मापदण्ड पालना र जनचेतनाका लागि सम्बन्धित स्थानीय तहमार्फत माइकिङ गर्ने, सम्भावित जोखिमका बारेमा नागरिकलाई जानकारी दिने तथा सबै क्षेत्रमा मास्क अनिवार्य गराउने लगायतका निर्णय गरेको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments