
माेरङकाे सुनवर्षीमा बालककाे हत्या अभियाेगमा पासवान दम्पती पक्राउ
- फाल्गुन १८, २०७९ मा प्रकाशित

इटहरी । मोरङको सुनवर्सी नगरपालिका-१ का १४ वर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा ३५ वर्षीय वीरेन्द्र पास्वान र उनकी ३४ वर्षीया श्रीमती डल्ली पासवान रहेका छन्।
सुनवर्सी नगरपालिका-१ का डिल्ली बहादुर माझीको १४ वर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोकतिर घुम्न निस्केपछि फर्किएका थिएनन्। आफन्तले खोजतलासका क्रममा स्थानीय पोखरीको डिलमा हत्या गरी गाडेको सूचना फागुन १७ गते प्रहरीमा पुगेको थियो।
त्यसपछि इलाका प्रहरी कार्यालय रङ्गेलीको प्रहरी टोली उक्त स्थानमा गएर उत्खनन गर्दा बालकको शव फेला परेको थियो।बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसँगै अनुसन्धानको क्रममा पासवान दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो।
बालकको हत्याको आरोपमा पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रंगेलीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments