
माेरङकाे कटहरीमा बनिसकेकाे बाटाेमा ब्यवसायीले ड्राेजर चलाएपछि…
- असार ३१, २०७९ मा प्रकाशित
इटहरी । मोरङको कटहरी गाउँपालिकाले बनाएको सडक स्थानीय एक व्यापारीले डोजर लगाएर भत्काइदिएका छन् । कटहरी–२ आदर्श टोलको रिङरोड जोडने सडक बिहीबार दिपक राठीले डोजर लगाएर भत्काइदिएका हुन् ।
सडक भत्काउने राठी कटहरीमा रहेको गोपाल फन पार्कका सञ्चालक हुन् । कटहरीको आदर्श टोलबाट कुकुरपुल अगाडिको करिब २ समय मिटर सडक राठीले डोजर लगाएर भत्काइदिएपछि आवगमन ठप्प भएको छ ।
आदर्श टोल हुँदै कटहरी गाउँपालिका २ वडा कार्यालय अगाडिको रिङरोड जोड्न सडक बनेको हो । करिब दुई वर्ष अगाडि सडकको ट्रयाक खोलिएको थियो । स्थानीय गौतम प्रधानको ६० प्रतिशत र दिपक राठीको ४० प्रतिशत जग्गाको बिचबाट सडक निकालिएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिको ५ लाख लागतमा सडक ग्राभेल बनाएको थियो । सडकको चौडाइ २० फुटको रहेको छ । जग्गाधनी राठीले एकलौटी तरिकाले मनलाग्दी रूपमा सडक अपायक भएको भन्दै भत्काएका हुन् ।
सडक भत्काएपछि गाउँपालिकाले बिहीबार स्काइभेटर नियन्त्राणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । जनताको करबाट बनेको सडक भत्काएको पाइएपछि स्काइभेटर नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अगाडि बढाएको उनले बताए ।
सडक भत्काउनेलाई सरकारी सम्पत्ती हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएर थप कारवाहीको प्रक्रिया अगाडि बढाउने गाउँपालिकाले जनाएको छ । कटहरी २ आर्दश टोलका राम चन्द सहनीले हुकुमी शैलीमा जनताको करबाट बनाएको सडक भत्काएपछि अहिले आवत जावतमा समस्या भएको बताए । सडक भत्काएपछि कटहरी २ का जनताले सास्ती पाएका छन् । सडक भत्काउनेलाई कडाभन्दा कडा कारवाही गर्न स्थानीयले माग गरेका छन् ।
जग्गाधनी राठीले आफ्नो नम्बरी जग्गाबाट आफूलाई जानकारी नदिइ सडक बनाएकोले भत्काएको बताए । पुलबाट सिधा सडक लैजान माग गर्दा बजेट सक्न आफ्नोे नम्बरी जग्गाबाट घुमाएर बाटो लगिएकोले भत्काएको उनको दावी छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ५, २०८२ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
ताजा जेष्ठ ५, २०८२साहसिक यात्राका लागि कञ्चनजंघा हिमाल पर्यटकको रोजाइमा
-
ताजा जेष्ठ ५, २०८२तीनकुने घटनाबारे अनुसन्धान सकियाे, केही दिनमै रिपोर्ट सार्वजनिक गर्छौ : आयोग
-
ताजा जेष्ठ ५, २०८२मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
-
ताजा जेष्ठ ५, २०८२पोखरा उच्च अदालतको आदेश : रविविरुद्धको मुुद्दामा प्रमाण झिकाउनूू
Comments