
माेरङकाे उर्लावारी र मिक्लाजुङमा २ नाबालिका बलात्कृत : काका र दाजु पक्राउ
- बैशाख १०, २०८० मा प्रकाशित
इटहरी । मोरङमा दुई नाबालिका बलात्कृत भएका छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा ४ र ३ वर्षका नाबालिका बलात्कृत भएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दुवै घटनामा पारिवारिक भित्रकै सदस्यकाे संलग्नता देखिएकाे छ ।
३ वर्षीयालाई बलात्कार गरेकाे आराेपमा १२ वर्षका दाजु पक्राउ परेका छन् । ४ वर्षीय नाबालिकामाथि बलात्कार गरेकाे आराेपमा उनका काका पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–७ मा ४ वर्षकी नाबालिका शुक्रबार राति बलात्कृत भएको प्रहरीले बताएको छ । पीडितका अभिभावक मोरङको कटहरी गाउँपालिका–३ घर भइ उर्लाबारी–७ मा डेरा बस्दै आएका थिए ।
नाबालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय काका पक्राउ परेको डीएसपी दाहालले बताए । नाबालिकाले घटनाका बारेमा आमालाई सुनाएपछि उनीमाथि बलात्कार भएको विषय बाहिरिएको प्रहरीले जनाएको छ ।मिक्लाजुङ गाउँपालिका–४ मा बिहीबार साँझ ३ वर्षीया नाबालिका बलात्कृत भएकी छन् । दलित समुदायकी नाबालिकालाई दाजु (ठूलोबुवाका छोरा)ले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पीडक बालक १२ वर्षका छन् ।
घरमा अभिभावक कोही पनि नभएको बेला दाजुले नाबालिकलाई बलात्कार गरेको पाइएको प्रहरीले बताएको छ । घटनाका बारेमा प्रहरीले शुक्रबार साँझ ७ बजेतिर जानकारी पाएको थियो । जानकारी पाए लगतै प्रहरीले नाबालिका बहिनीलाई बलात्कार गर्ने १२ वर्षीय बालकलाई उनकै घरबाट नियन्त्रणमा लिएको छ । दुवै घटनामा संलग्न भएकाे आराेपमा पक्राउ परेका विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
Comments