
माया घर सहयोगार्थ महायज्ञ : पाचौ दिन सकिदा ३३ लाख बढि संकलन
- फाल्गुन २७, २०७८ मा प्रकाशित
निशुल्क स्वास्थ्य शिविरबाट २ हजार बढि लाभान्वित
इटहरी । प्रदेश एएकलाई सडक मानवमुक्त बनाउने मुल उद्येश्य सहित गत फागुन २१ गतेदेखि इटहरीमा सञ्चालन भइरहेको माया घर नेपाल सहयोगार्थ ऐतिहासिक श्रीमद् भागवत जिबन दर्शन महायज्ञ अन्तरगत बिहीबार पाचौँ दिन सम्ममा ३३ लाख बढि रकम संकलन भएको छ भने निशुल्क स्वास्थ्यशिविरबाट २ हजार बढि लाभान्वित बनेका छन ।
माया घर सञ्चालनार्थ रू एक करोडको अक्षयकोष स्थापना गरि आश्रीत असहाय तथा अशक्तहरूलाइ उतिच शिक्षा स्वास्थ्य लगायत ब्यवस्थापनमा सहजता प्रदान गर्ने भन्दै आयोजित महायज्ञमा स्थानीय नेता देखि प्रदेश र केन्द्रस्तरका नेताहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै स्थानीय कलाकारहरू देखि राष्ट्रिय कलाकारहरूको पनि त्यतिकै सकृिय सहभागिता देखिएको उक्त महायज्ञमा हाल सम्म २२ हजार बढि भक्तजनहरूले प्रत्यक्ष उपस्थिति जनाएकाे माया घर नेपालकि सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो ।
फागुन २१ गते देखि २८ गते सम्म सञ्चालन हुने एेतिहासिक महायज्ञमा नेपालका पुर्व उप्रधानमन्त्री तथा कांग्रेस वरिस्ठ नेता बिजया कुमार गच्छदार देखि राष्ट्रिय कलाकारहरू दिपा श्री निरौला , गौरी मल्ल , मनोज गजुरेल , दिपक आचार्य लगायत अन्यको उपस्थिति रहेको थियो ।

महायज्ञमा प्रदेश एकका बिभिन्न जिल्लाहरू सहित महोत्तरी , काठमाण्डौ , पोखरा , नवलपरासि लगायग भारतबाटपनि भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
यसैबिच माया घर सहयोगार्थ सञ्चालित महायज्ञ संगै निशुल्क स्वास्थ्य शिविरबाट २ हजार बढि भक्तजनहरू लाभान्वित बनेका छन । महायज्ञमा भागवत मञ्जरी राधिका दाशिको मुखारबृन्दबाट कथा सुन्न आउने भक्तजनहरूले कथा सुनिसकेपछि निशुल्म स्वास्थ्य शिविरबाट सेवा लिदै आएका छन ।
उक्त शिविरमा प्रेसर , सुगर तथा सामान्य चोटपटकका बिरामिहरूले सेवा लिने गरेका छन । चेकअप पछि अधिकांसाइ निशुल्क औषधि समेत प्रदान गरिएको माया घर नेपालकि प्रतिनिधि पार्वति भट्टराइले बताइन । उक्त शिविर इटहरी अस्पतालको सहयोगमा सञ्चालन हुदै आएको छ र २८ गते सम्म रहने जनाइएको छ ।
वि.सं.२०७४ सालमा हिसां पिडित तथा मानसिक रोगी महिलाहरुलाई आश्रय दिने मुख्य उद्धेश्यले स्थापना गरिएको मायाघर नेपालले हाल सम्म ४हजार बढी मानिसहरुलाई पुनस्थापना तथा परिवार मिलन गराउन सफल भइसकेको छ । हाल माया घर नेपालमा एक शय १५ जनाले आश्रय लिदै आएका छन ।





सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments