•  ९ चैत्र २०८१
  •  2:51:19 AM

माया घर भवन निर्माणका लागि अष्ट्रेलियाबाट सहयोग

- फाल्गुन ८, २०८१ मा प्रकाशित



इटहरी । सुनसरीको इटहरी-२, माया घर नेपालको भवन निर्माणका लागि अष्ट्रेलियामा रहेका तीन जना नेपालीहरूले सहयोग रकम प्रदान गरेका छन्।झापा, दमक-५ घर भई हाल अष्ट्रेलिया बसोबास गर्दै आएका चन्द्रकला र डम्बरसिंह बस्नेतले रू. २८,०००, टंक बहादुर कार्कीले रू. ५०,०००, तथा लाल बहादुर र रणामाया खडकाले रू. ३७,००० प्रदान गरेका छन्।

माया घरमा आश्रितहरूलाई व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यसहित भवन शिलालेखमा नाम लेख्ने गरी उक्त सहयोग रकम प्रदान गरिएको हो।सहयोग रकम प्राप्त गर्दै संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलले माया घरको अवस्था बुझेर सहयोग प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेकी थिइन्।

दाताहरूको सहयोग र चन्दाबाट सञ्चालन हुँदै आएको माया घरमा हाल १३२ भन्दा बढी अशक्त, असहाय, जेष्ठ नागरिक तथा सडकमा अलपत्र जीवन बिताउन बाध्य भई विभिन्न समयमा उद्धार गरिएका व्यक्तिहरूले आश्रय लिँदै आएका छन्।

Comments

सम्बन्धित खवर