
माया घर नेपाल : एक सातामा ५ जनाको उद्धार , एक इट्टा अभियानमा सहयोगको अपिल
- माघ २८, २०८० मा प्रकाशित

इटहरी । सुनसरीको इटहरी उपमहानगर २ स्थित माया घर नेपालले गएको माघ २० गते देखि २६ सम्म ५ जनाको उद्धार गरेको छ । जसमा २ जनालाई परिवारको जिम्मा पनि लगाइसकेको छ । विभिन्न कारण बस सडकमा कष्टकर जीवन बिताएकाहरूलाई उद्धार गर्दै आएको माया घरले यो साता ५ जनाको उद्धार गरेको हो । धनकुटा आलेगाउकि २७ वर्षीया मनु राई ,धनकुटाकै विश्रान्ति आश्रमकी ६३ वर्षीया सुकुमाया लिम्बु ,इटहरीबाट ७० वर्षीय टेक बहादुर लिम्बु , इटहरीकि ५३ वर्षीया मिठु खतिवडा , र इटहरी खनारकि ३७ वर्षीया रिता गिरिलाई उद्धार गरी माया घर ल्याइएको हो ।
उद्धार गरिएका मध्ये टेक बहादुर र रितालाई २४ घण्टा भित्रै परिवारको जिम्मा लगाइएको माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन । त्यस्तै यो साता माया घरमा ५ जनाले आ आफ्नो जन्मदिन मनाएको छन् । जसमा धरान , इटहरी , रामधुनी उर्लाबारी लगायतका छन् । बिगतको समय भन्दा अहिले माया घरमा सहयोगी हातहरू घटेकी अध्यक्ष प्याकुरेलले बताइन ।हाल माया घरमा १५० भन्दा बढीले आश्रय लिँदै आएका छन् ।
माया घरमा आश्रीतहरूलाइ सुविधा सम्पन्न भवनमा राख्न अहिले एक इँटा अभियान थालनी गरिएको छ । जसमा सबैलाई सहयोगको अपेक्षा पनि गरिएको छ । इटहरी २ आयुर्वेदिक टोलमा साढे ६ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन बनाउने योजना रहेको व्यवस्थापक बाबुराम सुवेदीले बताए । ‘त्यस मध्ये पहिलो तलाको काम एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ’ व्यवस्थापक सुवेदी भने ‘ त्यसको लागि एक इँटा अभियान अन्तरगत सबैलाई जोड्ने प्रयास गरिएको हो ।’
२०८० भित्र एक तलाको काम सकिने गरी काम भइरहेको सुवेदी बताउँछन् । कोशी प्रदेश सरकारबाट रु एक करोड विनियोजन गरी ठेक्का लगाएपछि भवन निर्माण अघि बढेको हो । भवन निर्माणकै लागि एक करोड भन्दा बढी रकम एक इँटा अभियानबाट सङ्कलन गरिने लक्ष्य रहेको व्यवस्थापक सुवेदी बताउँछन् ।जसकालागि यो अभियानमा सरिक हुन सबैलाई आग्रह पनि गरेका छन् ।
आश्रितलाई पर्याप्त सुत्ने व्यवस्था नभएकोले सुविधा सम्पन्न भवन बनाउने योजना बनाइएको संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन् । २०७४ साल पुसमा पुराण लगाएर यो संस्थाले औपचारिक सेवा दिन थालेको हो । त्यस अघि नै संस्थामा आबद्ध इटहरीका केही महिलाहरूले सडक मानव उद्धार गर्न थालेका थिए । उद्धार गरिएका सडक मानवलाई व्यवस्थापन गर्ने ठाउँ नहुँदा इटहरी २ मा जग्गा खोजी गरी व्यवस्थापनको काम थालिएको थियो । स्थानीयवासीको अग्रसरतामा संस्थाले करिब ७ कट्ठा जमिन आफ्नो बनाएको छ । त्यस मध्ये अधिकांश जमिन दाताबाटै प्राप्त भएको संस्थाले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
-
ताजा बैशाख २६, २०८२भारत–पाकिस्तानबीच मिसाइल हानाहान, सीमा क्षेत्रमा त्रास : आइपीएलको खेल पनि रद्द, बत्ती निभाएर बस्न ‘माइकिङ’
-
ताजा बैशाख २६, २०८२मेयरलाई विद्यार्थीको प्रश्न : हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
ताजा बैशाख २६, २०८२भारत र पाकिस्तानलाई युद्ध रोक्न अमेरिकाको आग्रह
-
ताजा बैशाख २६, २०८२कांग्रेस पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?
Comments