
माया घर नेपाल इटहरीको ५ औ वार्षिक साधारणसभा : पत्रकार सहित पाचँ जना सम्मानित
- मंसिर २९, २०७९ मा प्रकाशित
इटहरी । प्रदेश एकलाइ मात्र नभइ सिंगो मुलुकलाइ सडक मानव मुक्त बनाउने अभियानमा दौडिएको र अशक्त ,असहाय ब्याक्तिहरूलाइ साहारा दिदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले बिहीबार ५ औ वार्षिक साधारण सभा भब्यताकासाथ सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष राधिका दाशीको सभापतित्वमा सम्पन्न सभाले इटहरीका एक जना कृयाशिल पत्रकार सहित सामाजिक क्षेत्रमा बिभिन्न माध्यमबाट योग्दान पुर्याउने पाचँजनालाइ सम्मान गरेको छ ।
यसरी सम्मानीत हुनेहरूमा मोरङको बेलबारी घर भइ इटहरीलाइ कर्मथलौ बनाएर बिगत दुइ दशकदेखि पत्रकारीता गर्दै आएका एभिन्युज टेलिभिजनका सञ्चारकर्मी दिपक कार्की ,संस्थाकी स्वयमसेविका अनिता बस्नेत,संस्थापक उपाध्यक्ष सुमी थापा,सामाजिक क्षेत्र तर्फ हिरा आचार्य,प्रहरी प्रशासन तर्फ हवल्दार कुल बहादुर सुर्खेती लगायत बिभीन्न विधाका व्यक्तीहरुलाइ सम्मान पत्र सहित सम्मान गरिएको हाे ।

कार्यक्रममा संस्थाकी अध्यक्ष राधिका दासीले माया घर नेपालमा एक वर्ष भरी भएका प्रगति बिवरण तथा वार्षिक प्रतिवेदन पेश गरेकि थिइन । त्यस्तै संस्थाकी कोषध्यक्ष लक्ष्मि बराल गौतमले आर्थीक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । संस्थाले व्यवस्थित अभिलेखनको सुरुवात गरी सरोकारवालाहरु समेतको स्रोत परिचालन गरी काम गर्ने गरेको,र्आिथक प्रसासन निती निर्माण गरी कार्यन्वयनमा ल्याइएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै माया घर नेपालले स्थापना पछी हालसम्म दुइ हजार भन्दा बढी सडक मानवहरुको उद्धार,व्यवस्थापन र परीवारसँग पुनरमिलन गरीसकेको र हाल संस्थामा एक सय २७ जनाले आश्रय लिइरहेको संस्थाले जनाएको छ । पारिवारिक सम्बन्ध,मानविय व्यवहार हराउँदै गएको बताउँदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश १ प्रमुख पवन भट्टले यस्तो समयमा राज्यले पनी चासो नदेखाएका कारण अझ समस्या बढ्दै गएको बताएका छन ।

कार्यक्रममा इटहरी उपमहानगरपालीकाकी उपप्रमुख संंगीता चौधरी,निवर्तमान उपप्रमुख लक्ष्मी गौतम,विश्व आदर्श कलेज इटहरीका अध्यक्ष लेखनाथ घिमीरे,प्राचार्य गणेश दुलाल लगायतका अतिथीहरुको सहभागीता रहेको थियो । कार्यक्रम माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले सञ्चालन गरेकि थिइन ।


सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ ३, २०८२ताप्लेजुङबाट एक वर्षअघि हराएका ११ ल्यापटप माटोमा गाडिएको भेटियो
-
ताजा जेष्ठ ३, २०८२बंगालको खाडी र अरब सागरको हावा नेपालमा : वर्षा र हिमपातको सम्भावना
-
ताजा जेष्ठ ३, २०८२रविन्द्र मिश्रलाई जिल्लामा हतकडी, सर्वोच्चमा खाली
-
ताजा जेष्ठ ३, २०८२आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-
ताजा जेष्ठ ३, २०८२साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
Comments